५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

न्युयोर्कमा आगामी मार्च २९ मा ल्हाप्सो हुने


Ang

६ माघ २०७६, सोमबार  

0
Shares

शेर्पा समुदायको महान पर्व ल्होसारको अवसरमा हुदै आएका ल्हाप्सो यस पटक आगामी मार्च महिनाको २९ तारिख आइतबार हुने भएको छ । गत बर्ष झै यस पटक पनि ल्हप्सो काग्यु थुप्छेनछोलिङ गुम्बामा हुन लागेको छ । शेर्पा भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी ल्होसारको अवसरमा सामुहिक रुपमा आयोजना गदै आएको ल्हाप्सो कार्यक्रममा विभिन्न राज्यमा रहेका शेर्पाहरु लगायत अन्य समुदायको सहाभागीतामा विगत लामो समयदेखिन न्युयोर्कमा हुदै आएको छ ।

यस पटकको ल्हाप्सो विगतमा झै विहानीपख कार्यक्रम स्थलसम्म जानेहरुको लागी न्युयोर्क र बु्रकलिनको विभिन्न स्थानमा बसहरुको व्यवस्था गरेको आयोजक समितिको सदस्य पासाङ शेर्पाले बताए । त्यस्तै कसैले आफनै सवारी लिएर जान चाहेमा पनि पार्किङको राम्रो व्यवस्था भएको उनले बताए । यस पटकको ल्हाप्सोमा विहानी पख अतिथिहरुलाई चिया डेसिल, छङग्युल र सुपले स्वागत गदै दिउसो साढे ११ बजेदेखि १ बजेसम्म लामा धार्मिक नृत्य छयामसंगै दिवाभोजपछि सामुहिक नृत्य र ससाना बालबालिकाहरुको लागी पनि विशेष बाल कार्यक्रम रहेको उनले बताए ।

ल्हाप्सो कार्यक्रमको लागी आयोजकहरुले टिकट विक्रि गरिरहेको लागी सिमित टिकट बनाएकोले इच्छुकहरुले ल्हाप्सो आयोजकहरुसग चाडै सम्पर्क राख्न उनले अनुरोध गरेका छन । ल्हाप्सोमा उपस्थित हुने शेर्पाहरुले शेर्पा पोशाक लगाउन आयोजकहरुले आग्रह गरेका छन भने इच्छुक गैरशेर्पाहरुले शेर्पा पोशाक लगाएर आएमा उनलाई ५० प्रतिशत टिकटको रकम फिर्ता दिने निर्णय ल्हाप्सो आयोजक समितिले गरेको उनले बताए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ५५ बजे