२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु



निआमी, नाइजर (एजेन्सी)– नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समय सोमबार भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

सहयोगी गैरसरकारी संस्थाले भनेका छन्, ‘रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।’

भागदौडमा मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका रहेका अस्पताल स्रोतले बताएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ११ : २१ बजे