३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

नरिसाइदिनु



एन.बी. दाहाल

कहिले उत्तेजित भएर मात्तिन सक्छु
तिमी नरिसाइदिनु
आवेशमा आउने पुरुषको बानी हुन्छ
तिमी नरिसाइदिनु
०००
पूmलको अघि भमराहरु
नझुमेको कहाँ नै छ र ?
कुनै बहानाले तिमीलाई छोए भने
तिमी नरिसाइदिनु
०००
मन थामेको धेरै भयो
गल्ती मेरो हुन सक्ला
आँखाको नशालु भाकाले हेरे भने
तिमी नरिसाइदिनु
०००
मायाभित्र माया नै छ
अरु केही मिसिएको छैन
आबेगमा तिम्रोसामु पग्ले भने
तिमी नरिसाइदिनु
०००
कहिले उत्तेजित भएर मात्तिन सक्छु
तिमी नरिसाइदिनु
छिट्टो तातिने पुरूषको बानी हुन्छ
तिमी नरिसाइदिनु ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ६ : ०६ बजे