२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कथा र व्यथा



 

सृजना तुलाधर

सुनाउँछु एउटा कथा
हामी सबैको साझा व्यथा
गाउँ छोडे सहरको रहरमा
सहर छोडे साथीको संगतमा

उकालो, अप्ठेरो, गहिरो, डरलाग्दो
बाटोहरू पहिल्याउँदै पछ्याउँदै
सपना बोकी पुगे सात समुन्द्र पार
बाबाको धोको आमाको इच्छा
पु¥याउँदैछु परिवारको आवश्यकता

आँखा मिच्दै सुरू हुने दिन मेरो
आङमा तातो घाम नपर्दै बित्छ
राति निद्रामा आफ्नै गाउँ पुग्छु
कान्छीसँग गीतमा भाका हाल्छु
विदेशभूमिको यो मेरो बसाई
न कोही आफ्नो छ मेरो यहाँ
यस्तै छ कथा यस्तै छ व्यथा

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : १२ बजे