३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

हिमेश पन्त बने कमेडी च्याम्पियन



काठमाडौं । रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।

उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।

धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए ।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ११ : २६ बजे