९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

राष्ट्रिय सुरक्षा परिचालन गर्ने ट्रम्पको घोषणा



मच्छे गुरूड.

न्यूयोर्क । न्यूयोर्कमा कोरोना भाइरसका कारण १ सय ५३ जनाको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकोपविरुद्ध लड्न राष्ट्रिय सुरक्षा परिचालन गने घोषणा गरेको छ ।

न्यूयोर्कमा १ सय ५३ जनाको मृत्यु तथा संक्रमितको संख्या १५ हजार ७ सय ८८ जना पुगेपछि कोरोना विरुद्ध लड्नको लागि राष्ट्रिय सुरक्षा लागु गर्ने घोषणा गरेको हो । न्यूयोर्क, क्यालिफोर्निया र वासिंटनका लागि राष्ट्रिय सुरक्षा लागु गर्न लागेको ह्वाइटहाउसले जनाएको छ ।

न्यूयोर्कका गर्भनर एन्ड्रयु कुमोले कोरोना भाइरससँग लड्नको लागि संघीय सरकारलाई सहयोग गर्न अनुरोध गरेको थियो । गर्भनर कुमोले न्यूयोर्क सिटी, लङआइल्याण्ड शहर र वेष्टचेस्टरमा अस्थायी अस्पताल निर्माण गर्नका लागि सैनिक इन्जिनियरहरु पठाउनको लागि औपचारिक रुपमा सहयोगको अनुरोध गरेको हो ।

न्यूयोर्कको ज्याभिट्स सम्मेलन केन्द्रमा, लङआइल्याण्डको सुनी स्टोनी ब्रुक वेष्टबेरीमा र वेष्चेष्टर सम्मेलन केन्द्रमा अस्पलात निर्माण गरिने बताए । न्यूयोर्क सिटी सबैभदा बढी संकमित पाइएको शहर हो । कुमोले कोराना संक्रमण हुन नदिनका लागि नागरिकले दुरी कायम नगरेकामा नागरिकप्रति आक्रेश पोखेका छन् ।

आइतबार नियमित पत्रकार सम्मेलन गरी सबैको लागि सुरक्षा महत्वपूर्ण भएको बताउँदै आक्राश पोखेका हुन् । सबै नागरिक सुरक्षित भए मात्रै हामी सबै सुरक्षित हुने भन्दै गर्भनर कुमोले न्युयोर्क राज्यका सबै ब्यवसाय, कम्पनीहरु बन्द गर्न आदेश दिएको दोहोर्याएका छन् ।

गर्भनर कुमोले सबै नागरिकको सुरक्षाको लागि १० बुँुदे नीतिसहित आइतबार वेलुकी ८ बजेदेखि लागु हुने गरी अत्यावश्यक सेवाका बाहेक सबै कम्पनीहरु बन्द गर्न आदेश दिएका थिए । यो आदेश आजै साँझदेखि लागु भएको छ । न्युयोर्क राज्य बन्द गर्न गरेको आदेशसँगै सुरक्षा, अस्पताल, क्लिनिक, मेडिकल, ग्रोशरी स्टोर, पानी, टेलिफोन लगायत अत्यावश्यक सेवाहरु भने नियमित सुचारु छन् ।

यसैबीच, न्यूयोर्कमा कोरोनाको संक्रमण ह्वात्तै बढे पनि ह्वाइट हाउसले उपयुक्त कदम नचालेको भन्दै न्यूयोर्कका मेयर विल डे ब्लाजिओले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । अस्पतालमा चाहिने अत्यावश्यक सामाग्री, भेन्टिलेटर, सर्जिकल मास्क लगायतका सामाग्रीको अभाव भएको भन्दै मेयर ब्लाजिओले १० दिन भित्रमा अस्पतालमा आवश्यक भेन्टिलेटर नपाएमा सामान्य बिरामी नागरिकको समेत मृत्यु हुन सक्ने चेतावनी दिएका छन् । न्यूयोर्कलाई बेवास्ता गरेमा अवस्था झनै नाजुक हुने बताउादै मेयर ब्लाजिओले सार्वजनिक स्वास्थ्य संकट समाधानको लागि सेना परिचालन गरिनु पर्ने बताए । राष्ट्रपति ट्रम्प न्यूयौककै भएर पनि यो संकटमा कुनै सहयोग नगरेको आरोप लगाएका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८४ पुगेको छ । न्यूयोर्कमा मात्रै १ सय ५३ जनाको मृत्यु भएको  छ भने संक्रमितको संख्या १५ हजार ७ सय ८८ जना पुगेको छ भने जेलमा रहेका ३८ जनामा पनि कोरानाको संक्रमण देखिएको छ । न्यूजर्सीमा अहिलेसम्म २२ जनाले ज्यान गुमाएको छ ।  सबैभन्दा पहिले कोरोना देखेको वासिंटनमा ९५ जनाको ज्यान गएको छ भने क्यालिफोर्नियामा ३५ जनाको मृत्यु भएको छ । न्यूजर्सी र ल्युजियानामा २० जनाको मृत्यु भएको छ । न्यूजर्सीमा अहिले सम्म २२ जनाले ज्यान गुमाएको छ ।  सबैभन्दा पहिले कोरोना देखेको वासिंटनमा ९५ जनाको ज्यान गएको छ भने क्यालिफोर्नियामा ३५ जनाको मृत्यु भएको छ । न्यूजर्सी र ल्युजियानामा २० जनाको मृत्यु भएको छ ।

अमेरिकाभरि ३४ हजार ६ सय ७१ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन र युएस सेन्टर फर डिजिज कन्ट्रोलले जानकारी दिएको छ । अमेरिकामा जम्मा १ सय ७५ जना निको भएको जनाएको सिडिसीले जनाएको छ । यसैबीच, कोरोनाको संक्रमण बढेपछि न्यूयोर्कसहित न्युजर्सी, क्यालिफोर्निया र ओरिगनमा सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ ।

जोन हप्सकिन विश्वविद्यालयले दिएको तथ्याङक अनुसार विश्वभरिमा ३ लाख ३५ हजार जना संक्रमित भएकोमा १४ हजार ६ सय ४१ जनाको ज्यान गइसकेको छ भने ९१ हजार बिरामी निको भएका छन ।

 

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ३१ बजे