कोभिडलाई जितेकी नर्स ल्हाक्पाडोमा अरुको सहयोगमा जुटन चाहन्छिन्

२०७७ बैशाख ४, बिहीबार ०८:३५

  • आङछिरिङ शेर्पा

न्युयोर्कको एलमष्ट अस्पतालमा ४ दर्जन बढी कोरोना संक्रमित विरामीको उपचार गर्ने क्रममा कोरोना लागेकी नर्स ल्हाक्पाडोमा शेर्पा कोरोनालाई जितेर अरुको सहयोगमा जुट्न थालेकी छन् ।

उनी गत अप्रिल ३ तारिख कोरोना पोजेटिभ भएकी थिइन् । उनीसँगै एलमष्ट अस्पतालमा काम गदै आएका दुई जना नर्स साथीहरु पनि कोरोनालाई जितेर ‘कोभिड नाइन्टीन हेल्पिङ हयाण्ड’ अभियानमा जुटेका छन् ।  दुई वर्ष न्युयोर्कको नर्सिङ होममा सुपरभाइजरको रुपमा कार्य गरेकी उनी गत जनवरी महिनादेखि एलमष्ट अस्पतालमा फुलटाइम नर्सको रुपमा कार्य कार्यरत छिन । दिनहुँ कोरोना संक्रमितहरुको उपचार गर्ने क्रममा कोरोना पोजेटिभ भएकी उनी घरमै क्वारेन्टाइनमा बसेर कोरोनालाई जितेकी हुन । कोरोनासगको लडाईको अनुभव उनी यसरी सुनाउछीन ।

‘म गत जनवरी महिनादेखि एलमष्ट अस्पतालमा हप्ताको ५ दिन विहान ७ बजेदेखि दिउसो साढे ३ बजेसम्म काम गदै आएका थिए । त्यतिखेरको स्थिति अहिले जस्तो थिएन । करिब दुई महिनापछि मार्च १३ तारिख एलमष्ट अस्पतालको वातवारण विल्कुलै फरक थियो । त्यो दिन अस्पतालको सवै तलाहरु कोभिडका विरामीले भरिएका थिए । त्यतिखेर विभिन्न तल्लाको विरामीहरुलाई हटाएर त्यो ठाउमा कोभिडका विरामी राखिएको थियो । त्यो दिन बिहानदेखि सबै नर्सहरु फुल कभरमा थिए । त्यस अघि मैले कहिल्यै नदेखेको दृष्य त्यहा देख्यौ । त्यो क्षण युद्धस्थलमा लडाइ भइरहेको झै लाग्थ्यो । चीनमा कोभिडले पारेको असरबारे सुनेकेा थिए तर आफनै आखा सामु त्यो दृष्य देख्छ भनेर कल्पना समेत गरेको थिएन । निकै आश्चार्य पनि लाग्यो । परिस्थिति त्रासदीपूर्ण भए पनि मनमा नर्स हुँ भनेर आएपछि जस्तो परिस्थितिमा पनि काम गर्छु भन्ने बलियो आत्माविश्वास थियो । त्यो दिनदेखिनै नियमति रुपमा कोभिड संक्रमित विरामीहरुको हेरचाहमा लागे ।

दिनहुँजसो कोभिडका विरामीको हेरचाह गर्दा मनमा केही डर नलागे पनि बेलुकी घर फर्कँदासँगै बस्ने बुबाको बारेमा निकै चिन्ता लाग्थ्यो । मलाई कोभिड लागे पनि केही हुँदैन तर मेरो बुबालाई लाग्यो भने निकै गारो हुन्छ भनेर त्यही दिनदेखि घरमा बुबासँग पुरै डिस्टेन्ट मेन्टेन्ट गरे । अलगै कोठाहरु भएकोले खाना पनि अलगै खाए । हाम्रो भेट फोनमा मात्र गरे । अस्पतालमा दैनिक विरामीका चाप बढ्न थालेपछि अस्पतालले मलाई ओभर टाइम काम गर्न अनुरोध गरे अनुसार बिहीबारको दिन गर्न थाले ।

गत मार्च २७ तारिख शुक्रबार दिन पनि अस्पतालले ओभरटाइम काम गरिदिन अनुरोध गरिरहेको थियो तर त्यो दिन शरिर निकै थकित र गलेको महसुस भएकोले अस्वीकार गरे । मनमा अघिल्लो दिन विहिबारको ओभरटाइमले थाकेको भन्ठाने । त्यो दिन वेलुकी नुहाएर खाना खाएर सुत्न लाग्दा निकै थाकेको महसुस भयो ।

भोलिपल्ट पनि ज्वरो आयो । दुई दिन निकै ज्वरो आउन थाल्यो । साथमा तापक्रम नाप्ने थर्मोमिटर थिएन । टयानल खाएर आराम गरे शरिर निकै गारो भएको थियो । भोलिपल्ट विहान ज्वरो अलि कम हुदा काममा जाउ जस्तो लागेको थियो तर साथीले ज्वरो आएकोले काममा नजानु भन्ने सल्लाह दियो । अस्पतालले पनि सन्चो भएन भने आराम गर्नु भनेर सल्लाह दिएकोले घरमै बसे । दिनदिनै विहान र बेलुकी धेरै ज्वरो आउने जिउ बेस्सरी दुख्न थालेपछि कोभिड जाच गरे । त्यतिखेर मसंगै एल्मष्टमा काम गरिरहेको दुई जना नर्सलाई पनि निकै ज्वरो आएपछि हामी एकै दिन कोभिड जाच गर्न गएको थियौ । ३ दिनपछि हामी तीनै जनाको पोजेटिभ रिर्पोट आयो । रिपोर्ट पोजेटिभ आएपछि डक्टरले १४ दिनसम्म क्वारेनटाइनमा बस्नु, ज्वरो आयो भने टयानोल खानु र निकै कठिन भयो मात्र इर्मजेन्सीमा जानु भनेर सल्लाह दिएको थियो । दिनरात ज्वरो आउने जीउ दुख्ने । टयानल खाएर ज्वरो निको भएको दिन पखला लाग्ने । जीउ पुरै गलेर सुत्न मन लाग्ने हुन्थ्यो । खानाको केही स्वाद नआएर खान पटक्कै मन लाग्दैन्थ्यो । जति गारो भएपनि हामीहरु तीनै जना नर्स वीच सम्पर्क हुन्थ्यो । साथमा बुबाले मेरो लागी दैनिक एउटा थर्मसमा अदुवा उमालेको पानी र अर्को थर्मसमा वेसार पानी उमालेको राख्नु हुन्थ्यो । विहान वेलुकी चिकेन सुप र विहान खाजामा चम्पा दिनु हुन्थ्यो । जीउ निकै गलेर खान मन नलागेपनि बलजस्ती खान खान्थ्र्यो । शरिरमा जति कठिन भएपनि मनमा म कोरोनालाई जित्छु भन्ने बलियो आत्माविश्वास थियो । साथीहरुसंगको सम्पर्क, बुबाको साथ र मेरो बलियो आत्माविश्वाले कोरोनालाई जितेकी छु ।

हिजो बथरुममा जादा र गएर र्फकन्दा निकै कठिन हुन्थ्यो । आज ज्वरो हटेको छ । हिडन र खाना पनि सक्ने भएकी छु । अब अर्को हप्ता काममा जाने सोच बनाएकी छु । यतिखेर यो महामारी कोभिढ लाग्यो भन्दै जो कोही पनि आत्तिनु हुदैन । मनमा जहिले पनि सकारत्माक सोचका साथ आत्माविश्वास बलियो बनाउनुपर्छ । शरिर जति गलेपनि उतिकै पिउनु पर्ने तातो कुराहरु र प्रोटियुक्ता खानेकुराहरु खानु पर्छ । ज्वरो आएमा टयानल प्रयोग गर्ने । जतिसक्दो परिवारमा डिस्टेन्स मेन्टेन्ट गर्नु पर्छ । सकेसम्म स्वस्थ्य क्षेत्रमा जानकारी राख्नेहरुसग सम्पर्कमा रहुन पर्छ भन्ने सबैलाई सल्लाह दिन चाहान्छु । अहिले म लगायत साथीहरु डेचेन र छयोइङले पनि संगै कोभिड जितेका छौ । हामीले कोभिडसग लडदाको अनुभव सहित अरुहरुको सहयोगको लागी कोभिड नाइन्टीन हेल्पीङ हयाण्ड नामक फेसबुक पेज खोलेका छौ । तपाईहरुलाई कुनै जानकारी चाहिएमा हामी यो सम्बन्धी जानेको सल्लाह र सुझाव दिन तयार छौ । सबै सुरक्षित रहनुहोला ।

सम्बन्धित समाचार