न्यूयोर्क । अमेरिकी जो बाइडेनले भारतबाट आउने यात्रुहरुमा प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरस संक्रमणको दोस्रो घातक संक्रमणको सामना गरिरेहेको भारतबाट आउन सक्ने संक्रमितलाई ध्यान दिंदै वाइडेनले भारतमा यात्रा प्रतिबन्ध लगाएका हुन् ।
यद्यपि यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिक, कानुनी रुपमा अमेरिकाका स्थायी बासिन्दा वा अन्य छुट भएका व्यक्तिहरुमा लागु हुने छैन, ह्वाइट हाउसका अधिकारीहरुले भनेका छन् । यि ब्यक्तिहरुले यात्राका लागि पिसिआर नेगेटिभ हुन जरुरी छ । यसअघि नै यूके, क्यानडा, जर्मनी, फ्रान्स र न्यूजील्याण्डलगायत देशहरूले पनि भारतमा यस्तै यात्रा प्रतिबन्ध लगाएका छन् ।
नयाँ यात्रा प्रतिबन्धले कोरोनाभाइरस महामारीलाई विश्वव्यापी रूपमा नियन्त्रण गर्ने तर्फ सजिलो बनाउने बताइएको छ । भारतमा पछिल्लो साता दैनिक तीन लाख भन्दा धेरै कोरोना संक्रमित देखिएका छन् ।
नयाँ संक्रमणको वृद्धिको कारण भारतका अस्पतालहरू भरिएका छन् । अक्सिजन, अस्पतालको वेड तथा अन्य महत्वपूर्ण आपूर्तिहरूमा कमी आएकोले भारतमा समस्या भइरहेको छ ।