४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

तिगेलाको ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका पुस्तक विमोचित



गत १४ अगष्ट २०२२ का दिन युकेको अल्डरसुट स्थित विश्वास दीप तिगेलाद्धारा लिखित ह्य चाइना इज नट रिप्लेसिङ अमेरिका पुस्तकको विमोचन भएको छ ।

युकेको लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले एक समारोह बीच सो पुस्तकको विमोचन गरेका हुन । क्यान्टवरी यूनिभर्सिटीबाट राजनीशास्त्रमा डिग्री र अन्तर्राष्ट्रिय सम्बन्धमा माष्टर्स डिग्री गरेका तिगेलाले माष्टर्स डिग्रीको निमित्त तयार गरि बुझाएको शोधपत्रलाई नै पुस्तकको रुपमा इण्डिपेन्डेन पब्लिकेशन युकेले प्रकाशन गरेको हो ।

चाइनालाई घेर्ने पश्चिमा रणनीति जारी रहेको बखत तिगेलाले चाइनाको तिब्बेत समस्या, सिंज्याङ प्रान्तको उहिगुर मुस्लिमहरु माथिको दमन, ताइवान समस्या, हङकङ समस्या र दक्षिण चीनको सामुन्द्रिक झगडाको बारेमा पर्गेलेका छन भने विश्वलाई प्रभाव पार्ने चाईनीज प्रोजेक्ट वेल्ट एण्ड रोड इनिसिटीव, वल्र्ड बैंक र आईएमएफ मार्फत जारी पश्चिमाहरुको प्रभावलाई निस्तेज गर्न बनेको व्रिक्स एलायन्स, चीन र रसिया बीचको सैनिक हतियार विकासमा भएको दुई देशको सम्झौता र प्रगति, चाइनीज सरकारको राजनैतिक संरचना, चाईनीज कम्युनिष्ट प्रणालीको प्रकृति, चाईनीज सरकारले चीनका आदिवासी जनजातिहरुलाई दिने हक अधिकार र सेवासुविधा, चाईनीज राजनैतिक पिता माउत्सेतुङ, चाईनीज अर्थतन्त्रका पिता दाउसेपिङ र हालका चाईनीज राष्ट्रपति सि जिङपिङले प्रतिपादन गरिएको भनिएको चीनिया विशेषताको समाजवादको बारेमा लेखक तिगेलाले समेटेका छन ।

चाईनीज नेता माउत्सेतुङले भनेका थिए शक्ति बन्दुकको नालबाट निस्कन्छ तर त्यसको ठिक विपरित चाईनीज शक्ति सावल र सिमेन्टबाट निस्किएको टिप्पणी गरेका छन । संरचना निर्माण गर्ने शक्तिकै कारण सिंगो अफ्रिका, ल्याटिन अमेरिका र आँशिक एशिया चीनको पछि लागेका छन तथापी चीनको प्रभाव रोक्न र सिमित भूमिकामा राख्न अमेरिका लगायत सिंगो पश्चिमा लगायत फाइभ आई मुलुकहरु हरसम्भव तिकडम गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर अरुदेशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने जस्ता एक्लोपने चीनिया परराष्ट्र नीतिको कारण अहिले नै चीनले अमेरिकाको अन्तराष्ट्र्रिय भूमिकालाई प्रतिस्थापन गर्न नसक्ने तिगेलाको निक्र्याैल छ तर केही समय पछाडी भने सो सम्भवलाई नकार्न नसकिने लेखेका छन ।

लेखक तिगेलाले सो समारोहमा अन्य मुलुकमा आदिवासी जनजातिहरुको हकअधिकारलाई कसरी संवैधानिक रुपबाट सुरक्षित र ब्यवस्थित गरिएको छ भन्ने बारेमा चीन, क्यानडा र भारतको ब्यवस्था बारेमा प्रिजेन्टेशन गरेका थिए । नेफिन युकेका अध्यक्ष कर्म पहाडीको अध्यक्षतामा भएको कार्यक्रमलाई नेफिन महासचिव विमला सेनेले संचालन गरेकी थिइन ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ५४ बजे