४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

नर्थक्यारोलिनामा सबै माझ चर्चित हुदैछन खसीकप प्रतियोगिता


Ang

५ आश्विन २०७९, बुधबार  

0
Shares

आङछिरिङ शेर्पा
अमेरिकाको विभिन्न राज्यबाट पछिल्लो समय नर्थक्यारोलिनामा बसाई सर्नेको संख्या बडदो छ । हरेक वर्ष विभिन्न राज्यबाट नर्थक्यारोलिनामा बसाई सरेर आएका नेपालीहरु कुनै न कुनै माध्यामबाट एक आपसमा घुलमिल हुदै आएका छन । नेपाल हुदै अमेरिकामा विभिन्न क्षेत्रमा काम गदै आएका नेपालीहरु फुटबल र भलिबल लगायतका खेलको माध्यामबाट चाडै घुलमिल हुदै आएका छन । खेलमा विशेष रुचि राख्नेहरु सवैसग चिनजान नभएपनि समुहमा खेल्न थालेपछि आपसमा चिनजान गदै रमाएर खेल्दै आएका छन । अहिले नर्थक्यारोलिनाको विभिन्न फुटबल पार्कहरुमा विहान बेलुकी नेपालीहरु फुटबल खेल्नमा पुरै व्यस्त देखिन्छ । भर्खरको १५ बर्षे युवा देखि ६० बर्ष उमेर पुगेकाहरु खेल मैदानमा संगै फुटबल खेल्दै आइरहेका छन ।

बडदो नेपाली फुटबल खेलप्रेमीहरुको संख्यासंगै यतिखेर केरि , मोरिसभिल, एपेक्स, डरम , हलिस्प्रीङ र फुकेभरिना क्षेत्रमा बस्नेहरु आ आफनै गु्रपमा विभिन्न स्थानहरुमा खेल्दै आएका छन । जो जहा खेलेपनि उनीहरु सबै यतिखेर खसी कप फुटबल प्रतियोगितामा भाग लिएका छन । गत बर्ष कोभिढको कारण हुन नसकेको यो प्रतियोगिता अगष्ठ २७ को दिन पहिलो खेल एपेक्स नेचर पार्कमा, सेप्टेम्बर ४ को दिन हन्टरस्ट्रीट पार्कमा र सेमिफाइनल सेम्टेम्बर ६ तारिखनेचर पार्कमा सकेर आगामी शनिबार २४ तारिख फाइनल हुदैछ । खेलको बारेमा जानकारी ‘के छ आरटिपि’ समाजिक सन्झालबाट दिदै आइरहेका छन ।

यस पटकको फाइनलमा उमेर पुगेकाहरुको लागी बेग्लै ठुलो खसीकप र फाइनलमा पुगेका समुह गरि दुई चरणमा प्रतियोगिता हुने भएको छ । यसपटक प्रतियोगितामा करिब १ सय भन्द बढि खेलाडीहरु सहाभागी थिए । नर्थक्यारोलिनको राली क्षेत्रमा खसीकप शूरु गरेको ४ बर्ष भएको छ । दुई वर्ष कोभिढले गर्न नसकेपनि यस पटकदेखिन यो प्रतियोगिताले निरन्तरता पाएको छ । नेपालीको चाड दशैको अवसर पारेर ४ बर्ष अघि फुटबल खेलाडीहरु विकास सापकोटा, उत्तम निरौला र जीवन न्यौपाने लगायतका युवाहरुको सोच र सक्रियतामा यो प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता कसरी शुरु गरियो भन्ने बारेमा उनीहरुको अनुभव

विकास सापकोटा
शूरुमा म यहा आएको बेला फुटबल खेल्ने नेपालीहरु निकै थोरै थिए । त्यतिखेर थोरै भएपनिसंगै खेल्दै आउने क्रममा साथीहरुसगको सल्लाहमा सन २०१८ मा पहिलो पटक दशैको बेला खसीकप प्रतियोगिता शुरु गरिएको हो । त्यतिखेर एपेक्स नेचर पार्क रिजर्भ गरेर थोरै खेलाडी भएपनि ४ वटा टिमको वीच प्रतियोगिता भएको थियो । त्यसपछि नेपाली नया बर्ष कप पनि गरियो । तर लगतै दुई बर्ष कोभिडले गर्न सकेन । गत बर्ष हुन नसकेको प्रतियोगिता यस पटक भएको हो । अहिले भलिबल, टेबलटेनिससंगै फुटबल खेलमा रुचि राख्नेहरु नेपालीहरु वीच वेला बेलामा प्रतियोगिताहरु हुदै आएको छन । हामी फरक फरक स्थानमा बस्नेहरु प्राय भेट हुदैन्थ्यो तर बर्षको एक दिनमा दशैको अवसरमा भेटघाट र रमाइलो गर्नका लागी खसीकप आयोजना गरेको हो । यो पटक गत वर्ष दर्ता भएको खेलाडीलाई मात्र समेटेकोले एक सय जना बढि खेलाडीहरु सहाभागी भएको हो । यस बर्ष खुल्ला गरेको भए अझै धेरै हुन्थ्यो तर व्यवस्थापनमा कठिनाइ हुने भएकोले यस पटक नथपेको हो । अहिले खेल क्षेत्रमा रुचि राख्ने साथीहरु निकै बडन थालेको पायो । उनीहरुको साथ र सहयोगलेनै प्रतियोगिता गर्न पहिला भन्द थप सहज भएको छ । बडदो नेपालीको संख्यासंगै धेरै हुन थालेपछि अब चुनौति पनि थपिन थालेको छ । खुसीको कुरो यही जन्मेको युवाहरुलाई खेलाएर उनीहरु क्याप्टेन भएर अघि बडेको देख्न पाउदा खुसी लागेको छ । हाम्रो उद्धेस्य भनेकोनै नेपाली समुदायमा खेल मार्फत एकता र भाइचार सम्बन्ध स्थापित गर्ने सोच हो । अबको दिनमा थप व्यवस्थित गर्नका लागी सवैको सल्लाह सुझाव र सहयोगको अपेक्षा पनि गरेका छौ ।

उत्तम निरौला
म सन २०१६ मा यहा बसाइ सरेर आएका थिए । एक वर्षपछि साथीहरुसंग चिनजानको क्रममा विकास ,जीवन र अन्य साथीहरु संग मिलेर हामीले पहिलो पटक २०१८ मा खसी कप बाजी खेलेको थियो । दशैको महौलमा खेल मार्फत आपसमा खुसी साटदै रमाइलो गरौ भन्ने सोचले गरेको खसी कप सन २०१९ मा पनि गरियो । आफु खेल्दै र प्रतियोगिता पनि गर्ने क्रममा धेरै साथीहरुसग चिनजान पनि हुदै आयो । कोभिडले दुई वर्ष हुन नपाएको खेल अब निरन्तर रुपमा अघि बडाउने हाम्रो सोच हो । शुरुमा थोरै टिमबाट शुरु गरेको खसीकप सामाजिक सन्जाल मार्फत प्रचार हुन थालेपछि खेलमा रुचि राखेर आउनेहरु बडन थालेको छ । अब हामीलाई चुनौतिसंगै थप हौसल्ला पनि मिल्दै आएको छ । यसपटक ६ जना क्याप्टेन र उपक्याप्टेन समेत गरि १२ जनाको समुहलाई विशेष जिम्मेवारी दिएका थियौ । उहाहरुको विशेष भुमिका र सहयोगले खेल प्रतियोगिता गर्न सजिलो भएको छ । अबको यो फाइनल पछि आगामी बर्षको लागी हाम्रो कमिटिमा रहेका सवै क्याप्टेनहरुको उपस्थितिमा विशेष सरसल्लाह गरि थप योजनाहरु गर्ने सोच बनाएका छौ । हाम्रो उद्धेस्य भनेकै खेलमा रुचि राख्ने युवाहरुलाई सहाभागी गराएर उनीहरुलाई अघि बडाउने सोच बनाएका छौ । फुटबलसंगै हामीले बेला बेलामा भलिबल पनि गदै आएका छौ । रुचि राख्नेहरु सवैलाई हामी स्वागत गर्न चाहान्छौ ।

जीवन न्यौपाने
म नेभडाबाट यहा आउने वितिकै शुरुमा नया ठाउ भएकोले साथीहरुसंग चिनजान गर्न पनि समय लाग्यो । सानैदेखिन फुटबल खेलमा रुचिका साथ खेल्दै आउने क्रममा यहा पनि केही खेलाडी साथीहरु भेटियो । उनीहरुकै माध्यामबाट फुटबलको गु्रप बन्न थाल्यो । खेल्ने क्रममा एक दिन अब हामी दशै खसी कप गरौ भन्ने सल्लाह भए अनुसार हामीहरु मिलेर सन २०१८ मा गरेका थियौ । पहिलो दशै कप गर्दासम्म आफनो टिमको बाहेक अरु चिन्दैन्थ्यो । त्यतिखेर हामी ४ टिम मिलेर टाउनवाइज मोरिसभिल, एपेक्स, होलिस्प्रीङ र केरिमा बस्नेहरु वीच नकाउट खेलियौ । निकै रमाइलो पनि भयो । पहिलो खेलपछि सबै खेलाडीहरु चिन्न थालेपछि दोश्रो बर्ष सवैलाई राखेर ड्राप्ट बनाएर टिममा खेलायौ  । त्यही खेलबाट पाएको आत्माविश्वासले निरन्तरता पाएको हो । प्रतियोगिता गर्ने क्रममा विकास जीले ग्राउण्डको जिम्मा लिनु भयो । उत्तमजिले प्रतियोगिताको लागी चाहिने सहयोग संकलनको जिम्मा लिनु भयो र मैले खेलाडीहरुको दक्षता अनुसार कुन टिम बनाउने भन्ने जिम्मा लिए ।  हाम्रो उद्धेस्य भनेको सबै नेपालीहरु एक ठाउमा भेला भएर महोत्सवको रुपमा रमाइलो गरौ भन्ने उद्धेस्य लिएकोले पनि अहिलेसम्म खासै समास्या भएन । हाम्रो अबको योजना भनेको रायली क्षेत्रको सवै खेलाडीहरुलाई एक ठाउमा खेलाउने र युवा खेलाडीलाई नेतृत्व गराउने हो । विशेष खेलमा हामीले सुरक्षा र अनुशासनलाई बढि महत्व दिएका छौ । हामीसंग नेपालबाट राष्ट्रस्तरको प्रतियोगिता खेलेका बरिष्ठदेखि यही जन्मेको १५ बर्षको खेलाडीहरु समेटन पाउदा निकै खुसी लागेका छौ । आगामी दिनमा पनि सवैको साथ र सहयोग मिल्दै गएमा अझ व्यवस्थित ढंगले प्रतियोगिता आयोजना गर्ने हाम्रो योजना रहेको छ ।

यस पटकको खसी कपमा भाग लिने टिम र खेलाडीहरु

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : ३३ बजे