नर्थक्यारोलिनाबासी नेपालीहरुको सस्था नेपाल सेन्टर अफ नर्थक्यारोलिना ( एनसिएनसि) को नया नेतृत्वको लागी आगामी आइतबार निर्वाचन हुने भएको छ । नेतृत्वमा जानका लागी डा चिरञ्जीवी भट्टराई र डा विकास शाक्यको समुहको वीच निर्वाचन हुने भएको छ । सस्थामा सदस्य बनेका एक हजार २५ जनाले आगामी निर्वाचनमा मतदाता गर्ने भएको छ । दुबै समुहले विगत केही महिनादेखि सामाजिक सञ्जालमा प्रचार गदै गत हप्ता सार्वजनिक रुपमा अन्तरक्रिया समेत गरेका छन ।
सस्थाका पुर्व बोर्ड अफ डाइरेक्टर डा भट्टराई नेपालको आर्युवेदिक डाक्टर हुन भने सस्थाको बर्तमान महासचिव शाक्य अमेरिकामा अध्ययन पुरा गरि बायोमेडिकल बैज्ञानिकको रुपमा कार्यरत छन ।
डा भट्टराइको प्यानलबाट बरिष्ठ उपाध्याक्षमा कुलानन्द शर्मा, उपाध्याक्षमा रचना सुवेदी, महासचिवमा ऋषि अधिकारी, सदस्यहरुमा कृष्णहरि पौडेल र पि्रयांसु नेपाल रहेका छन ।

त्यस्तै डा शाक्यको प्यानलबाट बरिष्ठ उपाध्याक्षमा दधिन पाण्डे, उपाध्याक्षमा नारायण लुइटेल, महासचिवमा कल्पना भण्डारी, सहसचिवमा डा भोज गौतम, कोषाध्याक्षमा इश्वर ढकाल, सदस्यहरुमा तीला धमाला, निभिता शर्मा, रमेश ओलि र कालीदास भण्डारीले उम्मद्धवारी दिएका छन ।

नर्थक्यारोलिनामा बसोबास गदै आइरहेका नेपालीहरुको सुखदुख र हरेक सामाजिक कार्यमा टेवा पुर्याउने उद्धेस्यले २४ बर्ष अघि यो स्थापना भएको थियो । यो सस्थाले अहिलेसम्म नेपाली भाषा, कला सस्कृतिको जर्गेना गर्नका साथै प्रवासमा नेपाली चिनाउने नेपाल डे लगायतका विभिन्न कार्यहरु गदै आइरहेका छन । यो सस्थामा यस अघि सन २०१९ मा रविन्द्र काकीै र भिमसेन बस्नेतको समुह वीच पनि निर्वाचन भएको थियो ।