१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

एनसिएनसिमा डा शाक्यको प्यानल निर्वाचित


Ang

३ पुस २०८०, मंगलबार  

4
Shares

नर्थक्यारोलिनाबासी नेपालीहरुको सस्था नेपाल सेन्टर अफ नर्थक्यारोलिना ( एनसिएनसि) मा डा.विकास शाक्यको प्यानल निर्वाचित भएको छ । गत आइतबार सम्पन्न निर्वाचनमा डा शाक्य समुह र डा चिरञ्जीवी भट्टाराइको प्यानल वीच निर्वाचन भएको थियो ।

डा शाक्यको प्यानलबाट बरिष्ठ उपाध्याक्षमा दधिन पाण्डे, उपाध्याक्षमा नारायण लुइटेल, महासचिवमा कल्पना भण्डारी, सहसचिवमा डा भोज गौतम, कोषाध्याक्षमा इश्वर ढकाल, सदस्यहरुमा तीला धमाला, निभिता शर्मा, रमेश ओलि र कालीदास भण्डारी निर्वाचित भएका छन ।

त्यस्तै डा भट्टाराईको प्यानलबाट उम्मेद्धवरी दिएकी पि्रयांसु नेपालले सर्वाधिक मत ल्याएकी थिइन । नर्थक्यारोलिनामा बसोबास गदै आइरहेका नेपालीहरुको सुखदुख र हरेक सामाजिक कार्यमा टेवा पुर्‍याउने उद्धेस्यले २४ बर्ष अघि यो स्थापना भएको थियो । यो सस्थाले अहिलेसम्म नेपाली भाषा, कला सस्कृतिको जर्गेना गर्नका साथै प्रवासमा नेपाली चिनाउने नेपाल डे लगायतका विभिन्न कार्यहरु गदै आइरहेका छन ।

निर्वाचनमा कसले कति मत ल्याए

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : ४४ बजे