नेपालको चर्चित डिजे तेन्जिङ शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन । लामो समयदेखिन नेपालमा डिजे गदै आएका उनी सगरमाथा आरोहण गर्ने सम्भवतः पहिलो डिजे हुन । उनले शिखरमा नेपालको झण्डासंगै शेर्पा संघ अमेरिकाको झण्डा पुर्याएका थिए ।
सोलुखुम्बुको तेन्जिङको आरोहण सफलताको कामनासंगै शेर्पा संघ अमेरिकाले आर्थिक सहयोग गरेका थिए । तेन्जिङले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरलाई न्युनीकरण गरौ भन्ने उद्धेस्यका साथ सगरमाथा आरोहण अभियान लिएका थिए । ‘जलवायु परिवर्तनसंगै सेभ द हिमालय र पर्यटन प्रर्वद्धन’को नारा बोकेर सगरमाथा आरोहणमा गएका उनलाई शेर्पा संघ अमेरिकाले न्युयोर्कमा विशेष कार्यक्रमको आयोजना गरि संघको झण्डा पठाएका थिए ।