शेर्पा संघ अमेरिकाले विविध कार्यक्रमको साथ न्युयोर्कमा भव्यताका साथ विश्व शेर्पा दिवस मनायो । सन २०१७ मा सम्पन्न पहिलो विश्व शेर्पा सम्मेलनले घोषणा गरेको अक्टुबर ८ तारिखलाई विश्वभरि शेर्पा दिवसको रुपमा मनाउदै आएको छ । संघको सस्थापक अध्यक्ष आङ दोर्जि लामा शेर्पाको प्रमुख आतिथ्य तथा धर्म गुरु डा युला शेर्पाको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । दिपप्रज्वलनसंगै विश्व शान्तिको कामना गदै शुरु भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरुले विश्व शेर्पादिवसको शुभकामना आदानप्रदान गरेका थिए । दिउसो औपाचारिक कार्यक्रमपछि बेलुकी शेर्पा युवाहरुलाई भेला गराई शेर्पा सस्कृति झल्कने डिजे कार्यक्रमको आयोजना गरेको शेर्पा संघ अमेरिकाको अध्यक्ष एपि लामा शेर्पाले बताए । कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिलाई सिलि नाच द्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा अवैतनिकबाणिज्यदुत एसी शेर्पा अमेरिका न्युयोर्क स्टेरको बिधान सभाको सदस्य स्टेभन रागा, विश्व शेर्पा संघको बरिष्ट उपाध्यक्ष निमा शेर्पा शेर्पा, शेर्पा किदुगका अध्यक्ष ई तेम्बा शेर्पा,शेर्पा किदुग बेल्जियमका अध्यक्ष आङ दोर्जी सोनाम, शेर्पा संघ जापनको पुर्व अध्यक्ष पासाङ शेर्पा, दुजुम धर्म हाउस अमेरिकाका अध्यक्ष छोङबा लामा शेर्पा, नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको अध्यक्ष तोरन गुरुङ, नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्ट एनआरएन न्युयोर्क च्याप्टरका अधयक्ष् आङ छिरिङ शेर्पा, एनआरएन न्युयोर्क च्यप्टरको कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा नेपाल शेर्पा संघ सचिबालय सदस्य, खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ वडा अध्यक्ष फुनुरु शेर्पा, मङगोल नेशनल अर्गनाइजेसन अमेरिका अध्यक्ष कान्छा शेर्पा, सिन्धु सोसाईटी अमेरिकाका अध्यक्ष सुर्य खड्का, प्रबासी नेपाली एकता समाज अमेरिकाको अध्यक्ष रुद्रराउत ,कलाकार संघ अमेरिकाको अध्यक्ष बसन्त राई ,प्रबासी नेपाली एकता समाज, पानसका महासचिव शंकर बिसुनके ,मिसनर्थ अमेरिका जुबली शेर्पा ,मिस मोङगोलेन पासाङ डोल्मा शेर्पालगायतले विश्व शेर्पा दिवसको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा बिभिन्न मुलुकहबाट अनलाइनको माध्यामबाट शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि एवं सस्थापक अध्यक्ष आङ दोर्जी शेर्पाले विश्वभरिका शेर्पाहरुको भावना अनुरुप समय सापेक्षित रुपमा भाषा, धर्म र सस्कृतिको जर्गेनाको साथै विकृतिहरुको हटाउने उद्धेस्य अनुरुप संघ अघि बडेको बताए । विश्वभरका शेर्पाहरूले प्रत्येक वर्ष अक्टोबर ८ लाई ग्लोबल शेर्पा “डे”को रूपमा मनाउँदै आएको र सोहि अवसरमा बर्षिकरुपमा अमेरिकाको शेर्पा युथहरुलाई पनि एक ठाउँमा भेला गर्ने उद्धेस्यले यस पटक अक्टोबर ५ शनिबारको दिन डिजे पार्टी आयोजना गरेको अध्यक्ष एपि शेर्पाले बताए । शेर्पा संघ अमेरिकाले पहिलो पटक शेर्पा युवाहरुलाइ समेटिएर यो कार्यक्रम गरेको उनले बताए । कार्यक्रममा शेर्पा संघ अमेरिकाको सचिब पेम्बा गिर्मे शेर्पा लामाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा शेर्पा कलाकारहरुको शेर्पा लोक नृत्य सेबु्र र गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रम बिश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले सञ्चालन गरेका थिए ।



विश्व शेर्पा दिवसको अवसरमा विश्व शेर्पा संघले न्युयोर्कमा रहेका शेर्पाहरु माझ विशेष अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरियो । न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको भवनमा आयोजित कार्यक्रममा विश्व शेर्पा संघको सस्थापक अध्यक्ष आङ दोर्जि लामा, धर्म गुरु डा युला शेर्पा, लुम्बिनी विकास कोषको पुर्व सदस्य सचिव आङ दावा शेर्पा, खेन्पोको उपस्थितिमा शेर्पा समुदायको विविध विषयमा अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा शेर्पा भाषा, धर्म र सस्कृतिको बारेमा छलफल भएको थियो ।









