६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

फुके नेपाली सकरको दशैतिहार कप सम्पन्न




फुकेभरिनाको फलेमिङलुप पार्कमा ४ जनाबाट फुटबल खेल्दै आएका खेलाडीहरु यस पटक ४२ जना भएका छन । उनीहरु हरेक आइतबार विहान फलेमिङलुप हुदै वामबुल पार्क र पछिल्लो समय एपेक्सको प्लेजेन्ट पार्कमा खेल्दै आएका छन । फुटबलको माध्यामबाट मित्रता जोडदै आएका उनीहरुले यस पटक दशै तिहार कपमा भाग लिएका छन । फुके नेपाली सकर क्लबको आयोजनामा भएको खेलमा ३ टिम सगरमाथा एफसि, अन्नपुर्ण एफसि र मकालु एफसि ३ समुहको वीच प्रतियोगिता गरिएको थियो ।

प्रतियोगिता शुरुमा प्रविण खनिया क्याप्टेन रहेको सगरमाथा एफसि र आङछिरिङ शेर्पा क्याप्टेन रहेको अन्नपुर्ण एफसि वीच भएको थियो । पहिलो खेलमा अन्नपुर्णले ५ गोल र सगरमाथाले १ गोल गरेका थिए । दोश्रो मकालु एफसि र सगरमाथा एफसि वीचको खेलमा मकालुले ७ र सगरमाथाले २ गोल गरेका थिए । अन्तिम फाइनलमा अन्नपुर्ण एफसि र मकालु एफसि दुबैले २ २ गोल गरेर बराबारीमा टुङिगएको थियो । खेल लिग अनुसार खेलिएकोले अघिल्लो खेलमा अन्नपुर्ण भन्द १ गोल मकालुले गरेकोले विजेता घोषणा गरिएको थियो ।

प्रतियोगितामा फष्टरनरअप मकालुलाई ट्रफि र मेडल समाजसेवि तथा रियल्टर जितमान बस्नेतले हस्तन्तरण गरेका थिए भने दोश्रो हुने अन्नपुर्णलाई समाजसेवि विष्णु पुन अधिकारीले मेडल हस्तन्तरण गरेका थिए । त्यस्तै तेस्रो हुने सगरमाथा एफसिलाई रेफ्री तथा खेलाडी विकास सापकोटाले मेडल हस्तन्तरण गरेका थिए । उक्त खेल प्रतियोगितालाई रियाल्टर जितमान बस्नेत, विमल अधिकारी परिवार र अनिल मण्डलले सहयोग गरेका थिए ।

सहयोगीहरुलाई क्लबको तर्फबाट आङछिरिङ शेर्पाले खादा लगाइ धन्यवाद दिएका थिए । यस पटक खेल सकिए लगतै खानपिन गरि खेलाडीहरु रमाएका थिए । ‘ हामीलाई खेलमा हारजित भन्द पनि साथीहरु वीच आपसमा खेलेर रमाउनु ठुलो कुरो भयो ‘। आयोजक समितिका सदस्य प्रविण खनियाले बताए । ‘व्यवस्थित रुपमा खेल प्रतियोगिता आयोजना गर्ने सोच अनुरुप यो हाम्रो पहिलो प्रयास हो अब भविष्यमा थप व्यवस्थित र कमि कमजोरिलाई सच्याउदै अघि बडने सोच लिएका छौ ‘। आयोजक समिति सदस्य अशोक सुवेदीले बताए । कार्यक्रममा खेलमा निरन्तर सहयोग गदै आएका दिप रिसाल लगायत खेलमा रेफ्री र लाइन्सम्यानको भुमिका निर्वाह गर्नेहरु अवेश श्रेष्ठ, प्रदिन मगर, विकास सापकोटा, देवराज कटवाल, समर श्रेष्ठ र सन्तोष खतिवडालाई पनि सम्मान गरेका थिए । प्रतियोगिता एपेक्सको प्लेजेन्ट पार्कमा भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : २६ बजे