नेपाल सेन्टर अफ नर्थक्यारोलिना ( एनसिएनसि ) ले ७२ हजार अमेरिकी डलर नेपाली करिब १ करोड ११ लाख रुपिया नेपाल सरकारको प्रधानमन्त्रि राहत कोषमा हस्तन्तरण गरियो । उक्त रकम नेपाली राजदुताबास वासिङटनडिसिमा पुगेका एनसिएनसिका अध्यक्ष दधिन पाण्डे र कोषाध्यक्ष अभिषेक पोखरेलले अर्थमन्त्रि डा स्वर्णीम वाग्लेलाई हस्तन्तरण गरिएको थियो । कार्यक्रम नेपाली राजदुताबास वासिङटनडिसिको समन्वयमा भएको थियो ।
एनसिसिले नेपालमा गएको विनासकारी बाढीपहिरोमा परि दुख पाएकाहरुको लागी संकलन गरेको रकम पहिलो चरणमा हस्ततन्तरण गरियो । ‘ हामीले अहिलेसम्म संकलित सहयोग रकम पहिलो चरणमा हस्तन्तरण गरियो अब संकलन हुने रकम दोश्रो चरणमा चाडै पठाउने योजना बनाएका छौ’ एनसिएनसिका अध्यक्ष धदिन पाण्डेले बताए ।
उनका अनुसार एनसिएनसिले प्रधानमन्त्रि राहत कोषमा सहयोग संकलनका लागी आगामी अक्टुबर १८ आइतबारको दिन वेकमेड सकर पार्कको ट्रेलमा ५ किलोमिटिरको दौड आयोजना गर्न लागेका छन । नेपाली समुदायको विभिन्न क्षेत्रमा अवद्ध व्यक्तिहरुको सहाभागीताको साथै अन्य संघसस्थाहरुसंग हातेमालो गदै यो दौड गर्न लागेको पाण्डेले बताए ।
एनसिएनसिले संकलन गरेको अभियानमा नेपाली समुदाय भन्द बाहिरबाट डगएनसिले १२ हजार १ सय ११ डलर , कानुपाटेल डिभो फाउण्डेसनले ५ हजार २ डलर, निराल शान्तिलाल पटेलले ५ हजार १ सय ५० डलर , श्रीभेन्केतेश्वर टेम्पलले ३ हजार डलर , युनाइटेड बंगाली एसोसियसनले २ हजार १ सय १५ डलर र अमेरिकन एसोसियसन अफ विहार एण्ड झारखण्डले २ हजार डलर, एसियन फोकस कोपोरेसनले १ हजार डलर सहयोग गरेका छन ।









