३० कार्तिक २०८३, आइतबार | Mon Nov 16 2026

फुके नेपाली फुटबल क्लबको दशै तिहार कपको उपाधी डाफे एफसिले पाए


NP

१ मंसिर २०८३, सोमबार  

6
Shares

नर्थक्यारोलिनाको आरटिपि क्षेत्रमा त्रियासिल फुके नेपाली फुटबल क्लबको दशै तिहार कपको उपाधी डाफे एफसिले पाएका छन । विभिन्न चरणपछि शनिबार सम्पन्न फाइनल खेलमा डाफे एफसिले सारा एफसिलाई एक गोलको अन्तरमा उपाधी जितेका थिए । डाफेले ३ गोल र साराले २ गोल गरेका थिए ।

प्रतियोगितामा विजयी टिमलाई नेपालबाट आएका बरिष्ठ पत्रकारहरु मनोज दाहाल र गिरिश भट्टाराईले कप र ट्रफी वितरण गरेका थिए । एपेक्सको प्लेजेन्ट पार्कमा सम्पन्न प्रतियोगितामा डाफे एफसिका खेलाडी प्रविण खनियाले धेरै गोल गर्ने उपाधी पाएका थिए ।

‘ प्रवासमा सदभावपुर्ण रुपमा आयोजित यो खेल प्रतियोगिताले नेपाली समुदायमा प्रेम, भातृत्व र अपासी मित्रता बडाएको महसुस भएको छ’ विशेष अतिथि पत्रकार मनोज दाहालले भने — ‘नेपालबाट आएर यस्तो रमाइलो कार्यक्रममा भाग लिन पाउदा खुसी लाग्यो । खेलमा विजेता र उपविजेता दुबैलाई हार्दिक बधाई ‘ उनले भने ।

प्रतियोगितामा अशोक सुवेदीले रेफ्रीको भुमिका निभाएका थिए भने लाइन्सम्यानमा रेसम बस्नेत र मनोज तिमिल्सिना थिए । कार्यक्रम क्लबका सस्थापक आङछिरिङ शेर्पा र व्यवस्थापन समितिका सदस्य विजय उपाध्यायले सञ्चालन गरेका थिए । खेल समापानपछि क्लबले सदस्यहरु र परिवारका सदस्यहलाई रात्री भोजको व्यवस्था गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८३, सोमबार  २ : १७ बजे