१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

पूटिनद्वारा अमेरिकासँग घनिष्ट सम्बन्धका लागि आग्रह



मस्को रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रहगरेका छन् उनले रूस अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरेका छन्

रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार पूटिनले देशहरुलाईएक अर्काको आन्तरिक मामिलामा निर्वाचन लगायत सूचना सञ्चारप्रविधिको प्रयोगसहित गैरहस्तक्षेपको ग्यारेन्टी आदानप्रदान गर्न यस क्षेत्रका सम्बन्धहरुलाई पुनः स्थापित गर्न आग्रह गरे

उनले द्वन्द्वमापहिलो प्रहारको व्यवहार नदेखाउन वा त्यस् विधिहरू प्रयोग नगर्न पनि विश्वव्यापी सम्झौताको आवश्यकतामाथि जोडदिए

संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा चलिरहेका समय विश्वको ध्यान केन्द्रित गर्दै रूसी राष्ट्रपतिको यो धारणा आएको हो सन् २०१६को निर्वाचनमा हस्तक्षेपको आरोप रूसमाथि लागेको अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि दिन नजिकिँदै जाँदा अमेरिकीनिर्वाचनमा रूसले कुनै हस्तक्षेप नरहने विश्वास दिलाउने प्रयास राष्ट्रपति पूटिनले गरे

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : ०१ बजे