१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विश्वभरिको सबै शेर्पा सस्थाहरुको उपस्थितिमा मनायो विश्व शेर्पा दिवस


Ang

२३ आश्विन २०७७, शुक्रबार  

0
Shares

विश्वभरि फैलिएको शेर्पा सस्थाहरुको साझा मञ्च विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा) ले विश्व शेर्पा दिवसको अवसर पारेर भव्यताका साथ तेस्रो विश्व शेर्पा मनायो । यस वर्ष कोभिढ १९ यो विषम परिस्थितिमा प्रत्यक्ष रुपमा विश्व शेर्पा दिवस मनाउन नपाएपनि संघले जुम अनलाइनको माध्यामबाट विश्वभरिकै सवै सस्थाहरुको अध्यक्ष, महासचिव एवं प्रतिनिधिहरुको उपस्थितिमा अक्टुबर ७ र ८ तारिख दुई दिन विशेष कार्यक्रमको साथ मनाइयो । पहिलो दिन शेर्पा समुदायको धर्म, भाषा, शिक्षा, आर्थिक र सामाजिक विषयको बारेमा प्रस्तुती र त्यसमाथि छलफल सहित वेभनार भएको थियो भने दोश्रो दिन विश्वभरिकै सबै शेर्पा संघसस्थाहरुको उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको थियो ।

पहिलो दिन कार्यक्रममा धर्मको बारेमा आचार्य ङवाङ सांगे शेर्पा अमेरिका, भाषाको बारेमा दावा शेर्पा सिक्किम भारत, शिक्षाको बारेमा डा ल्हाक्पा शेर्पा नेपाल र आर्थिक,सामाजिक बारेमा डा ल्हाक्पा नुर्बु शेर्पाले कार्यपत्र प्रस्तुत गरिएको थियो । उहाहरुको प्रस्तुतीमाथि आचार्य नुर्बु शेर्पा नेपाल, आङदावा शेर्पा अमेरिका, काजी शेर्पा वेलयत र फुतेम्बा शेर्पा सिक्किम भारतले टिप्पानी गरेका थिए । पहिलो दिनको कार्यक्रममा संघका अध्यक्ष आङ दोर्जि शेर्पाले विश्व शेर्पा संघको स्थापनाको औचित्य, वर्तमान गतिविधि र आगामी योजनाको बारेमा मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको अन्तमा सचिव डोमा शेर्पा इजरायलले कार्यक्रममा उपस्थिति विज्ञहरुको साथै सहाभागी अतिथिहरु र कार्यक्रमलाई प्रत्यक्ष प्रसारणमा सहयोग गर्ने सञ्चारमाध्यामहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम प्रबक्ता आङछिरिङ शेर्पा अमेरिका र महासचिव पासाङ गेले शेर्पा सिक्किम भारतले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

त्यस्तै दिन दोश्रो दिन अक्टुबर ८ तारिख विश्व शेर्पा दिवसको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रम नेपालबाट प्रमुख अतिथि नेपालको संघीय सांसद जिपछिरिङ लामा शेर्पाले बत्ती बालेर उदघाटन गरेका थिए भने अमेरिकाबाट धर्म गुरु अवतारी लामा टुल्कुले शुभ मंगल, विश्व शान्ति र मानव कल्याणको मन्त्र उच्चरण गरेका थिए । संघका बरिष्ठ उपाध्याक्ष दावा जाङबु शेर्पाले स्वागत मन्तव्य सके लगतै कोभिढको कारण जीवन गुमाउनेहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सासद शेर्पाले ग्लोबलको यो युगमा शेर्पाहरु जहा पुगेपनि आफनो समुदायसंगै मातृभुमीको सहयोगमा जुटदै आएकोमा खुसी व्यक्त गदै विश्वभरिको सबै शेर्पाहरुलाई एकत्रित गरि विश्व शेर्पा संघले खेलेको भुमिका प्रसंसानिय गरेका थिए । ‘ तपाईहरु सबै आ आफनो ठाउबाट यसै गरि अघि बडनुस संघले पनि एकता र समुदायको हितमा यस्तै कार्य गदै जानुस मैले गर्नु पर्ने हरेक कार्यहरुमा सहयोग गर्न तयार छु’ सांसद शेर्पाले बताए । उनले शेर्पा समुदायको हितमा नेपाल सरकारको सासदको नाताले सरकारसग निरन्तर रुपमा लविङ गरिरहेको बताएका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा निम्ताएका सिक्किम सरकारको मन्त्रि मिङमा नुर्बु अस्वस्थ हुनु भएकोले उहाले पठाउनु भएको शुभकामना मन्तव्य महासचिव पासाङ गेली शेर्पाले वाचन गरिएको थियो । कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा सेवा केन्द्र काठमाडौका अध्यक्ष सोनाम छोटि शेर्पा, जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, डेन्जोङ शेर्पा एसोसियसन सिक्किम भारतका अध्यक्ष पेमा वाङगेल शेर्पा, बेल्जियम शेर्पा संघका अध्यक्ष आङ दोर्जि शेर्पा, युरोप शेर्पा संघका अध्यक्ष दावा गेल्जेन शेर्पा, शेर्पा संघ अमेरिका अध्यक्ष निमा शेर्पा, शेर्पा संघ युकेका कार्यवाहक अध्यक्ष आङ दावा शेर्पा च्यावा, शेर्पा संघ इजरायलका अध्यक्ष मिङमा शेर्पा, शेर्पा किदुग पोर्चुगलका अध्यक्ष निमल्हामु शेर्पा, शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा, शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पा, शेर्पा महिला संघका अध्यक्ष निमि शेर्पा, शेर्पा सञ्चार समुह नेपालका अध्यक्ष निमल्हेकी शेर्पा, हिमालयन शेर्पा कल्चर सेन्टर काठमाडौका अध्यक्ष छिरिङ शेर्पा,एनआरएन टुरिजम तथा टक्स फोर्स अमेरिकाका संयोजक तथा संघका सस्थापक महासचिव आङ जाङबु शेर्पा, एनआरएन युएइका उपाध्याक्ष पासाङ शेर्पा,वेष्ट बेङगोल शेर्पा डेपलपमेन्ट र्बोडका अध्यक्ष निमा वोङदी शेर्पा शेर्पा संघ अष्ट्रिलियाका अध्यक्ष कर्मा च्यावा शेर्पा, शेर्पा संघ जापानका अध्यक्ष दावा लामा शेर्पा, विश्व शेर्पा संघका उपाध्याक्ष गेल्मु शेर्पा र इन्जिनियर कुसाङ शेर्पा कोरियाले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा कुसुम चलचित्रका निर्माता तथा निर्देशक फारादेण्डी शेर्पा र न्युयोर्क गीत संगीत समुहले गीत प्रस्तुत गरेका थिए । सन २०१७ मा पहिलो पटक विश्वभरि रहेको शेर्पा सस्थाको प्रतिनिधिहरु काठमाडौमा भेला भई गठन गरेको विश्व शेर्पा संघले गत वर्ष सिक्किममा दोश्रो शेर्पा दिवस मनाएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ४७ बजे