१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

प्रधानमन्त्रीसमक्ष आरोहीको माग–पर्वतारोहीलाई पर्यटन दुत बनाउ


१० आश्विन २०७४, मंगलबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

अमेरिकामा बसोबास गर्दै आइरहेका सगरमाथा आरोहीहरु सम्मिलित संस्था युएस नेपाल क्लाइम्बर्स एसोसियसनले न्युयोर्कमा प्रधानमन्त्री आइपुगेको अवसरमा ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा उच्च हिमालमा जोखिम मोल्ने आरोहीको हितमा विभिन्न मागहरु रहेको छ । अमेरिकामा सगरमाथा दिवसको अवसरमा एभरेस्ट डे मनाउनुको साथै बेलाबेला क्लाइम्बिङ प्रतियोगिता आयोजना गरी पर्यटन प्रर्वद्धनमा यो संस्थाले सघाउ पु¥याउदै आएको छ ।

पत्रमा विश्वले साहासिक खेलको रुपमा मान्दै आएको पर्वतारोहणलाई नेपालमा पेसाको रुपमा मात्र सीमित राखेकोले नेपाल सरकारले पर्वतारोहणलाई पेसामा मात्र सीमित नराखी साहासिक खेलको रुपमा मान्यता दिनु पर्ने माग गरेको छ । त्यस्तै नेपालको ६ हजार मिटरदेखि ८ हजार ८ सय ४८ मिटर उचाईको सगरमाथा आरोहण गरिसकेकालाई सम्बन्धित क्लाइम्बिङ गु्रपको लिडर वा ल्याजो अफिसरको सिफारिसको आधारमा नेपाल सरकारले आरोहण प्रमाणपत्र दिनु पर्ने उल्लेख गरेको छ ।

एसोसिएसनले विदेशीलाई सहयोग गर्दै आरोहणको क्रममा हिमालमा मृत्यु हुने आरोहीहरुको परिवारले दुःख भोग्नु परेको पिडालाई मध्यनजर राखी हिमालमा जाने आरोहीलाई सरकारले सम्बन्धीत एजेन्सीसँग समन्वय गरी जीवन बीमास्वरुप ३० लाख रुपैयाँ प्रदान गर्नु पर्ने उल्लेख गरेको छ । त्यस्तै आरोहणको क्रममा दुर्घटना भएमा १० लाख रुपैयाँको अकास्मिक उपाचारको बीमाको व्यवस्थाको हुनुपर्ने माग गरेको छ ।

विदेशमा नेपालको पर्यटन प्रर्वद्धनको लागी सरकारले कतिपय मुलुकम पार्टीको कार्यकर्तालाई पर्यटन दुत बनाइरहेको प्रति ध्यानाकर्षण गराउँदै विदेशमा नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेशीले पनि सजिलै चिन्ने र रुचाउने पर्वतारोहीलाई पर्यटनदुत बनाउनु माग एसोसिएसनले गरेको छ । भनिएको छ, ‘ विदेशमा नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेशीले पनि सजिलै चिन्ने र रुचाउने पर्वतारोहीलाई पर्यटनदुत बनाउनु पर्ने छ । नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेशमा क्रियासिल संस्थाहरु मध्ये अमेरिकाको आरोहीहरुको एकमात्र व्यवस्थित संस्था युएस नेपाल क्लाइबर्स एसोसियसनले अमेरिकामा आयोजना गर्दै आएको एभरेस्ट डे र क्लाम्बिङ प्रतियोगिता जस्तो कार्यक्रमलाई सरकारले विशेष मुल्याङकन गरी सहयोग गर्नु पर्ने छ । हिमालमा लामो समयदेखिन काम गदै आएको आइसफल डक्टर र सगरमाथा आरोहीहरुलाई ६० वर्ष उमेर कटेपछि रिटायर्ड सुविधा दिलाउनु पर्ने छ ।’

संस्थाको अध्यक्ष पासाङरिन्जी शेर्पाको हस्ताक्षरित पत्रमा प्रधानमन्त्रीको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाली महावाणिज्य दुतावास न्युयोर्क र नेपाल पर्वतारोहण संघलाई बोधार्थ गरिएको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलबार  ८ : २८ बजे