४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

अोलीलाइ प्रचण्डले भने-भरतपुरकाण्डमा म तपाइकै पक्षमा छु, तर….


२३ जेष्ठ २०७४, मंगलबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई भरतपुरकाण्डमा अाफु अोली र एमालेकै पक्षमा भएको तर नियमले नदिएको बताएका छन् ।

मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन कानुनअनुसार निर्णय भएको र चितवनको कोहीसँग सम्पर्कमा नरहेको बताए । यता अोलीका अन्य प्रश्न र गुनासाप्रति पनि प्रचण्डले जवाफ फर्काएका छन् ।

आफ्नो कार्यकालमा भएको काम पनि ओलीले आफुले नै गरेको भन्दै प्रचार गरेको दुःख लागेको प्रचण्डले बताएका छन् । ‘धारा ओलीले बनाएको भन्दै टुटि मात्रै प्रचण्डले खोलेको भन्नु ओली आफै गलत हुन्’ प्रचण्डले भने ।

त्यस्तै प्रचण्डले राष्ट्रको हितमा काम गर्न केहि त्याग गर्नुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गर्दै देशको हितका लागि काम गर्ने हो भने त्याग गर्नपनि सिक्नुपर्ने बताएका हुन् । प्रचण्डले इमान भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ भन्दै राजीनामा दिएको भन्दै एमालेलाई व्यङ्य गरेका छन् ।

त्यस्तै प्रचण्डले आफु प्रधानमन्त्री हुनेवेलाको सहमति अनुसार राजीनामा दिन हतार गरेको बताएका छन् । उनले भने ‘प्रतिपक्षी दलका नेताले यतिबेला नै किन राजीनामा दिने भन्ने प्रश्नमा म स्पष्टसँग भन्छु, कांग्रेससँग एउट सहमति थियो त्यहि अनुसार राजीनामा दिएँ ।’
‘चैत्रभित्र स्थानीय तहको निर्वाचन गर्ने र मैले राजीनामा दिने समझदारी थियो’ प्रचण्डले भने ‘चैत्रभित्र निर्वाचन नभएर वैशाखमा चुनाव भएपछि मेरो राजीनामा ढिलो आएको हो । चैत्रभित्रै निर्वाचन भएको भए मैले पहिले नै छाडिसकेको हुने थिएँ ।’

 

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार  ४ : २४ बजे