२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

प्रधानमन्त्री देउवाले भने-चुनावपछि म संविधान संशोधन गरेर छाड्नेछु्


२६ जेष्ठ २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको चुनावपछि संविधान संशोधन गर्ने बताएका छन् ।

व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने-‘दोस्रो चरणको चुनावअघि संविधान संशोधनको सम्भावना छैन । स्थानीय तहको दोस्रो चुनाव सकिनासाथ विपक्षी दलका नेताको समेत सहमति लिएर पारित गराउनुपर्छ ।’

देउवाले अाफुले जसरी भएपनि संविधान संशोधन गर्ने भन्दै राजपालाई निर्वाचनमा अाउन आग्रह गरे।

प्रधानमन्त्रीले मधेसी नेताहरुलाई भने- ‘म मधेसकेन्दि्रत दलहरुलाई के आग्रह गर्न चाहन्छु भने अहिले हामीले चाहँदाचाहँदै पनि ससंविधान गर्न सकिएन । तर, म विश्वास दिलाउन चाहन्छु, चुनावपछि म संविधान संशोधन गरेर छाड्नेछु् । प्रतिपक्षले पनि सघाउँछ भन्ने विश्वास छ । तपाईहरु चुनावमा भाग लिनोस् ।’

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार  २ : २१ बजे