२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

श्रीरामको बालकथा संग्रह ‘टोली नेता’ सार्वजनिक


७ असार २०७४, बुधबार  

0
Shares

काठमाडाैं । लघुकथामा कलम चलाउँदै अाएका साहित्यकार श्रीराम राईको बालकथा संग्रह ‘टोली नेता’ सार्वजनिक भएको छ ।

संग्रह मंगलबार एक कार्यक्रमकाबीच बालसाहित्य समाज नेपालका अध्यक्ष तेजप्रकाश श्रेष्ठ , मधुपर्कका सम्पादक श्रीअाेम श्रेष्ठ राेदन, डा पुष्करराज भट्ट, टंक भट्टराईले संयुक्तरूपमा सार्वजनिक गरेका हुन् ।

बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको कृतिमा सात बालकथा समावेश रहेका छन् । उनका कृतिमाथि मधुपर्कका तुलसीहरी कोइराला, कान्तिपुर सञ्चारकर्मी दामोदर न्यौपाने, गोरखापत्र दैनिकका त्रिभुवनचन्द्र वाग्ले, कवि छविरमण सिलवाल, नागरिक दैनिकका क्रान्ति पाण्डे, साहित्यकार यमुना अधिकारी पराजुली, प्रकाशकका तर्फबाट सूर्य बिसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७४, बुधबार  १२ : ४१ बजे