नयाँ दिल्ली । सोमबार बिहानबाट भारतमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन जारी छ ।
रामनाथ कोविंद र मीरा कुमार राष्ट्रपतिका उमेदवार हुन् । संसदमा पहिलो मतदान प्रधानमन्त्री नरेन्द्र मोदीले गरे ।
मत परिणाम भने २० जुलाइमा मात्र सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भावी राष्ट्रपतिमा रामनाथले बाजी मार्ने अाँकलन गरिएको छ ।