२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

बै‌ंकक जाँदै गर्दा ओलीले भने-१५ दिनभित्र पार्टी एकीकरण हुन्छ


२६ पुस २०७४, बुधबार  

0
Shares

काठमाडौ‌ं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच १५ दिनभित्रै एकता हुने बताएका छन्।

स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बै‌ंकक जाने क्रममा संक्षिप्त मन्तव्य राख्दै ओलीले दुइ दल एकता हुन नदिन धेरैले प्रयास गरेपनि त्यो सम्भव नहुने दाबी गरे।

ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, सहयोगी राजेश बज्रचार्य, चिकित्सक दीपा सिंह र यादव भट्ट पनि सँगै गएका छन्।

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार  २ : ४२ बजे