२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

अमेरिकामा ‘ब्यागपाइप’ बाजा सिकाउने सुवासको योजना


५ फाल्गुन २०७४, शनिबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

सिंगापुर प्रहरीभित्र धेरै गोर्खालीहरुमा सुवा चन्द्र मोक्तान परिचित नाम हो । उनी ३८ जना गोर्खाली बाद्यवादकमध्ये राम्रो ब्यागपाइप बजाउने संगितकार र कलाकारको रुपमा चिनिन्छ ।

रामेछापमा जन्मेका उनी सन् १९९९ मा सिंगापुर पुलिसमा भर्ती भएका थिए । शुरुमा गार्डन डिउटी गर्दै सन् २००६ देखि संगीत क्षेत्रमा लागेका उनले दुई वर्षको तालिमपछि स्कटल्याण्डमा गएर थप तालिम लिएका थिए ।

सन् २००८ मा ब्याग पेपर संगीतको अध्ययन पुरा गरे लगतै उनी बेलायतको एडम्बर्ग मिलटरी एकाडेमीबाट स्कटल्याण्डको राष्ट्रिय दिवसमा बजाउन गएका थिए । सिंगापुर प्रहरी विभागमा धेरै कार्यक्रमहरु हुँदा उनी मिठो संगीतको धुन निकाल्ने कलाकार र संगीतकारको रुपमा मानिन्छ । उनी स्न २०१२ मा जर्मनको प्रहरी विभागको निम्तोमा पनि ब्याग पाइप बजाउन पुगेका थिए ।

सिंगापुर, जर्मन, स्कटल्याण्ड र नेपालको राष्ट्रिय दिवसलगायत विभिन्न मुलुकको गीतमा यो बाजा बजाउदै आएका थिए भने गोर्खाली समूहभित्र पनि विभिन्न नेपाली गीतहरु गाउदै आएका थिए । औला, मुखबाट निकाल्ने संगीतसंगै खुट्टा मिलाएर हिड्ने यो बाजा समूहगत रुपमा बजाउने रमाइलो संगीतको रुपमा लिइन्छ ।

यो प्रहरी र सेनाहरुले बजाउँदै आएका छन् । संगीतमा निरन्तर लाग्दै आएका मोक्तान सन् २०१४ मा प्रशिक्षक भएका थिए । सिकेर राम्रो बजाएर अरुलाई पनि राम्रो सिकाए बापत उनलाई सिंगापुर प्रहरीको प्रमुखबाट राम्रो बजाएको भनेर उत्कृष्ट पुरस्कार दिएका थिए । त्यो वर्ष संगीतबाट पुरस्कार पाउने उनी एक मात्र नेपाली थिए । एक छोरा र छोरीका पिता उनी नेपालमा बिदाको गएको बेलामा तामाङ ब्यान्डलाईसमेत बजाउन सिकाउँदै आएका छन् ।

सिंगापुरमा प्रहरी विभागको संगीत क्षेत्रबाट उनी गत २०१७ मा रिटायर्ड भएका छन् । अहिले उनी नेपाली अमेरिकन समुदायमा ब्यागपाइप बाजा सिकाउने लक्ष्य लिएको उनले बताए । ‘जीवनको लामो समय सिंगापुर प्रहरीमा यो बाजा सिकेर अरुलाई पनि सिकाए अब सर्वसाधारणलाई सिकाउने योजना बनाएको छु,’ न्युयोर्क आइपुगेका सुवासले एभरेस्ट टाइम्सलाई भने, ‘हामीसँग भएको कुनै पनि ज्ञान अरुलाई बाँड्न पाए सबैलाई फाइदा हुन्छ भन्ने सोचले यो योजना बनाएको हो ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार  ८ : २१ बजे