९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

जापानमा बाढी : १०० को मृत्यु, दर्जनौं बेपत्ता


२५ असार २०७५, सोमबार  

0
Shares

टोकियो: जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण १०० जनाको मृत्यु भएको जापान टुडेले उल्लेख गरेको छ।

बाढी र पहिरोका कारण दर्जनौं हराइरहेका छन्।

जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन्। दशौँलाख मानिसलाई सजग रहन भनिएको छ।

विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन्।

जापानको राजधानी टाकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ। उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ।

प्रकाशित मिति : २५ असार २०७५, सोमबार  ९ : १६ बजे