ज्ञापन पत्र हेर्न यहा क्लिक गर्नुस Gyapan-Patra-New-york 1
बर्तमान सरकार अधिनायक तर्फ उन्मुख हुदै जन विरोधी कार्य गरेको भन्दै जन सम्पर्क समिति अमेरिकाले नेपाल सरकारको प्रतिनिधि निकाय नेपाली महाबाणिज्यदुताबासको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छा । उक्त ज्ञापन पत्र समितिका अध्यक्ष आनन्द विष्ठले महाबाणिज्यदुत पुष्पराज भट्टराईलाई बुझाएका छन ।
ज्ञापन पत्रमा विदेशमा बसेर नेपालको लागी योगदान दिदै आएको विदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको प्रतिनिधिले भुतपुर्व नेपाली भनि अवमुल्यन गरेको, दुई तिहाईको दम्भमा न्यायालय र प्रेसमाथिको अंकुश लगाएको , वर्तमान सरकार गठन भएको पाच महिनाभित्रमा नेपाली जनताले पटकपटक मूल्यवृद्धिको पीडा सहनु परेको , सार्वजनिक स्थानमा धर्ना र जुलुश गर्न नपाइने भन्दै प्रतिबन्ध लगाएर सरकारले जनताले शान्तिपूर्ण तवरबाट भेला भएर बोल्न पाउने अभिव्यक्ति र स्वतन्त्रतामा प्रहार गरेको लगायतका गलत कार्यहरुको विरोधमा ज्ञापन पत्र बुझाएको छ ।
त्यस्तै बर्तमान सरकारले सुनकाण्डका अभियुक्तलाई पहिचान गर्न नसकेको, समयमा काम गर्न नसक्ने ठेकेदारहरुलाई पक्रेर पनि कारवाही गर्न नसकेको पत्रमा उल्लेख गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा सुरु गरिएको वृद्धभत्ता र गम्भीर प्रवृत्तिका रोगको उपचार गर्न नसक्नेहरुलाई पाच हजार सहयोग दिने लगायतका सुविधाहरु दिन नसकेको र प्राध्यापक डाक्टर गोविन्द केसीसंग वर्तमान सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न नसकेको जस्ता जनविरोधी कार्यहरुको विरोधमा ज्ञापन पत्र बुझाएको जन सम्पर्क समितिको अध्यक्ष आनन्द विष्टले एभरेष्ट टाइम्सलाई बताए ।