२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

प्राडा संग्रौलाको ‘साउथ एसिया चाइना जिओ इकोनोमिक्स’ विमोचित


१३ पुस २०७५, शुक्रबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

प्रा.डा. युवराज संग्रौलाको पुस्तक ‘साउथ एसिया चाइना जिओइकोनोमिक्स’ विमोचन भएको छ।

शुक्रवार राजधानीको नयाँ वानेश्वोरस्थित अल्फा बिटा कम्प्लेक्समा आयोजित कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, लोकान्तर मिडिया सम्पादक ध्रुवहरी अधिकारी, देश सञ्चार मिडियाका सम्पादक युवराज घिमिरे, हिमालय टेलिभिजनका सम्पादक विनोद ढुङ्गेल,  लेखक डा. युवराज संग्रौला, पूर्वराजदुत मोहन लोहनी, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतले पुस्तक विमोचन गरेका हुन् ।

प्राडा संग्रौलाको उक्त किताबमा चीन र भारतको आर्थिक विकास खासगरी चीनको उदयले सिर्जना गरेको नयाँ विश्व राजनीतिक रङ्गमञ्चको प्रतिकार एवं भारत र चीनको विकासले नेपालको भु-राजनैतिक अवस्थामा सृजना गरेको जटिलता र सो कारणहरुले नेपाल भित्र बढेको चलखेलहरुलाई प्रमाणिक ढंगबाट प्रश्तुत गरिएको सहभागीले बताए ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता खनालले आउदो नवँ वर्षको उपलक्ष्यमा किताब अमुल्य उपहारको रुपमा आएको बताए । भने,’यो पुस्तक नेपालकोवारेमा अत्यान्तै खोजमुलक तरिकाले, चिन्तन मनन गरेर लेखिएको छ।’

खनालले प्रत्येक नेपालीहरुले एक पटक पढ्नै पर्ने आवश्यक रहेको दाबी गर्दै भने, ‘नेपालमा कतिपय आइएनजिओ साथै एनजिओले खतरा निम्त्याउदै गरेको कुरालाई स्पस्ट रुपमा सावधान गराएको छ।’

किताब पढ्दै गर्दा आनन्द पनि उत्तिकै पाइन्दै जाने अनुभव समेत सुनाएका थिए। नेपाल, भारत साथै चीनको वारेमा मौलिक किसिमको महत्वपूर्ण कुराहरु किताबमा समेटिएको छ। उनले भने ‘यो किताब अन्तराष्ट्रिय क्षेत्रकै पाठकहरुको लागि पढ्न उपयुक्त छ।’

उक्त किताब लेख्न कति कठिनाई र समयको लगानी परको कुरा पुस्तक पढिसके पछि मात्र पाठकलाई थाह हुन्छ। खनालले भने, ‘माक्सवादको सन्दर्भ सामाग्रीको कुरासमेत कौतुहलता लाग्ने गरि लेखकले किताबमा उल्लेख गरेको छ।’

वरिष्ठ पत्रकार एवं लोकान्तर मिडियाका सम्पादक अधिकारीले किताब नेपालमा स्थिरता आए, चीन र भारत दुबैलाई फाइदा हुने किताबको प्रष्टपारेको छ। उनि भन्छन्, ‘चेपुवामा परेको मुलक नेपाल कसरी माथि उक्लन सक्छ भन्ने बिषयमा लेखकले उक्त किताब प्रष्ट पारिएको छ।’

वरिष्ठ अधिवक्ता मैनालीले लेखक आफै देशभक्तिको भावले प्रखर भएको प्रशंसा गर्दै, ‘यो देशप्रतिकै चिन्ताको किताब हो।  वर्तमान लोकतन्त्रमा डिबेट जनतामै जानुपर्छ। डिबेट स्थानीय सरकारबाटै शुरु गर्नुपर्छ।’

लेखक संग्रौलाले देशलाई नयाँ बाटोमा लैजाने हेतुले आफ्नो ज्याननै हत्केलामा राखेर किताब लेखेको उल्लेख गरे। उनले भने,’यो किताब लेख्न १५ बर्षको मिहिनेत गरेको छु।’

संग्रौलाले भने ‘देश गम्भीर अवस्थामा गुज्रेको छ। यसबारे किताबमा खुलाइएको छ। कतिले सुरक्षाका कारण देखाउँदै किताब प्रकाशित नगर्न भनेका थिए। मैलै तीनवटै सुरक्षा निकायसँग सल्लाह गरेर किताब प्रकाशन गरेको हुँ।’

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ८ : ०४ बजे