३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

अमेरिकामा शेर्पा समुदायले विविध कार्यक्रमको साथ ल्होसार मनाउदै ।


Ang

१५ माघ २०७५, मंगलबार  

0
Shares

बौद्ध धर्मबलाम्बी विभिन्न हिमालयन समुदायहरुको महान पर्व ल्होसार यस पटक फेबररीको ५ तारिख परेको छ । त्यही दिनदेखिन नया वर्षको शुरुवात हुने भएको छ । यसै अवसर पारेर देश विदेशमा रहेका सम्पुर्ण बौद्धमार्गीहरुले विविध कार्यक्रमको साथ विगत झै यस पटक पनि ल्होसार पर्व भव्यताका साथ मनाउने तयारी गरिरहेका छन । अमेरिकामा रहेका बौद्धमार्गी शेर्पा समुदायको महान चाडपर्व ल्होसारको अवसर पारेर शेर्पा किदुगले विगत झै यस वर्ष पनि विविध कार्यक्रमको साथ ल्होसार मनाउने भएको छ ।

आफनो भाषा संस्कृतिको बिकास र संर्बद्धन गर्ने उद्धेश्यले शेर्पा किदुगले यस पटक ल्होसार अगावै २९ औ दिन ‘ङिस्यु गु’ का दिन वेलुकी समुहगत शेर्पा लोक नृत्य सेब्रु प्रतियोगिता र शेर्पा भाषामा गीत र कविताको पनि प्रतियोगिता हुन लागेको किदुगको प्रवक्ता पेम्बा गेलु शेर्पाले बताए । उनका अनुसार त्यही दिन दिउसो रिग्सुङ लोप्टामा नेपाली नृत्यहरुको समेत प्रतियोगिता हुने भएको छ । दुबै प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । गत वर्ष झै यस पटक पनि नया वर्षको पहिलो दिन शेर्पा किदुगमा व्यवस्थीत रुपमा ल्होसार मनाउने योजना भएको उनले बताए ।

यस पटकको पहिलो दिनको ल्होसार मनाउनका लागी किदुगले बाटो बन्द गरि अलगै आयोजक समिति बनाएको छ । त्यस्तै किदुगले फेबररी ९ तारिख म्यानह्टनस्थित सेकेण्ड एभिन्युमा भव्यताका साथ ल्होसार पाटी आयोजना गर्न लागेको छ । उक्त ल्होसार पाटीको कार्यक्रमको संयोजकमा प्रबक्त शेर्पा र शेर्पा कल्चर सेन्टरको संयोजक कल्साङ छोपेल रहेको छ । त्यसैगरि शेर्पा किदुग अन्र्तगतको ल्हाप्सो आयोजक समितिले अप्रिल १४ तारिखको दिन ल्हसोल पुजा कार्यक्रम गरिने प्रबक्ता शेर्पाले बताए ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  २ : ५९ बजे