काठमाडौं । युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौं मोडल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा काठमाडौंको कमलादिस्थित नेपाल प्रज्ञाप्रतिष्ठान भवनमा चैत्र ५ गते ‘काठमाडौं युथ कनक्लेभ–२०७५’ हुने भएको छ ।
आइतवार रिपोर्टस क्लबमा पाचै ओटा कलेज प्रमुखहरुले एक पत्रकार सम्मेलन गरी चैत्र ५ गते ‘काठमाडौं युथ कनक्लेभ–२०७५’ हुने जानकारी दिएका हुन् ।
नेपालको सम्पूर्ण युवायुवतीलाई एउटै मञ्चमा सहभागी गराई, अनुभवी तथा उल्लेख्य प्रगति गरेका व्याक्तिहरुको ज्ञान, सीप एवं अनुभवहरु वाँड्न साथै युवाहरुलाई स्वदशमा नै विकासमा उत्साहित, अभिप्रेरणा तथा दिशानिर्देश गराउने उद्यश्य रहेको कारर्यक्रममा जानकारी दिए ।
यसपालीबाट सुरु हुने कार्यक्रम प्रत्येक बर्ष सञ्चालन गर्ने पनि जानए । १८ बर्ष देखि २० बर्ष उमेर समुहका करिव ३ हजार युवायुवतीहरुको सहभागीताको रहने सो कार्यक्रम विहन १० बजे देखि बेलुकी ५ बजे सम्म सञ्चालन हुनेछ ।
उक्त कनक्लेभको प्रमुख अतिथि नेकपाका प्रतिनिधि सभाका सदस्य योगेश भट्टराई रहेको छन् । त्यस्तै, कनक्लेभमा नेपालका सफल बैंकर अनिल केशरी शाहले ‘द पावर अफ युथस् ईन नेशन बिल्डिङ’ भन्ने शीर्षकमा आफ्नो लेक्चर दिनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीले ‘द फ्युचर अफ ई–कमर्स एण्ड आईटी सेक्टर ईन नेपाल र द जर्नी फ्रम स्र्टाटअप्स टु अन्टरप्रेन्युअर’ शीर्षकमा प्रवचन दिनेछन् ।
त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले ‘नेश्नल युनिटी थ्रु स्पोर्टस्’ शीर्षकमा आफ्नो प्रवचन दिने कार्यक्रम रहेको छ। मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले ‘प्रोस्पेरिटी थ्रु प्रमोटिङ टुरिज्म’ शीर्षकमा प्रवचन दिनेछिन् । युट्यवर सिसम बानियाँले ‘प्यासन टु प्रोफेशन : थिङकिङ आउट अफ द बक्स’ शीर्षकमा प्रवचन दिनेछन् ।
व्यवसायी सौरभ ज्योतिले ‘दि बिजनेश ईनभाईरोमेन्ट ईन नेपाल : च्यालेन्ज एण्ड अपरचुनिटिज र द रोल अफ युथ ईन बिजनेश वल्र्ड’ नामक शीर्षकमा आफ्नो प्रवचन दिनेछन् । त्यस्तै चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीले स्ट्याण्डिङ आउट विथिन मास’ नामक शीर्षकमा प्रवचन दिने आयोजक संस्थामध्येको एक काठमाडौं मोडेल कलेज, बालकुमारीका प्राचार्य सुरेन्द्र सुवेदीलेजानकारी दिए ।
उक्त कनक्लेभमा भियानेट, ईसेवा अभियान, नेसल, काठमाण्डु लर्निङ सेन्टर, एनएमबी बैंक, कोकाकोला, अन्नपूर्ण पोष्ट, गोल्डस्टार, टेक्नोभेटिभ सोलुशन्स, सल्लेरी खबर लगायतको सहयोग रहेको आयोजकले जनाएको छ । साथै ‘न्युज ट्वान्टी-फो’ टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसारण पनि गर्ने जनाएका थिए ।
युनिभर्सल कलेज प्राचार्य डा.शिवदत्त ज्ञवालीले १०+२ पछि पनि स्वदेशमै उच्च शिक्षा दिन आफूहरु सक्षम रहेको र विश्वस्तरीय प्रतिष्पर्धी शिक्षा प्रदान गर्न सक्षम रहेको सन्देश दिन पनि यो कनक्लेभ आयोजना गर्न लागेकाो बताए थिए ।