५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

क्विन्सबोरो र जिपि के फाउण्डेसनद्धार न्युयोर्कमा मनायो नेपाली हेरिटेज र २०६ औ भानु जयान्ती


Ang

१३ श्रावण २०७६, सोमबार  

0
Shares


क्विन्सबोरो पि्रसेडेन्ट मेलिना क्रज र जिपि कोइराला फाउण्डेसनले न्युयोर्कमा पहिलो पटक नेपालिज हेरिटेज तथा २०६ औ आदीकवि भानुभक्त आचार्यकेा जन्म जयान्ती विशेष कार्यक्रमको रुपमा मनायो । ज्याक्सनहाइटस्थित जुइस सेन्टरमा आयोजित कार्यक्रममा हिन्दु धर्मका पण्डित गुरु मित्र शर्मा, बौद्धधर्म गुरु लामा टुल्कु उर्गेन र स्लाम धर्म गुरु पास्चर एमानुयल एसे क्रिश्चिनले धार्मिक मन्त्रचरणको साथ कार्यक्रमको शुरुवात गरेका थिए । कार्यक्रममा न्युयोर्क सिटिको क्वीन्सबोरो पि्रसेडेन्ट र मेयर कार्यालयका प्रतिनिधिहरु सहाभागी थिए । उक्त अवसरमा जिपि कोइराला फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले न्युयोर्क सिटिसग मिलेर पहिलो पटक न्युर्योकमा नेपालिज हेरिटेज र भानु जयान्ती कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गदै उपस्थित सवै अतिथिहरुलाई स्वागत गरेका थिए ।

फाउण्डेसन नेपालका पुर्व प्रधानमन्त्रि तथा नेपाली कंग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोइराला सम्झनामा अमेरिकामा हालै स्थापित सस्था हो । कार्यक्रममा क्विन्सबोरो पि्रसेडेन्टको मेलिना कर्ज कार्यालयको कम्युनिटि एफेयर डाइरेक्टर तथा स्लामिक सेन्टर न्युयोर्कका निवर्तमान अध्यक्ष साइद सालिमले नेपालको प्रजातन्त्र, शान्ति र विकासमा योगदान पुर्‍याउनु भएका स्व गिरिजाप्रसादको नाममा स्थापित जिपि फाउण्डेसनसग सिटिले मिलेर नेपाली पहिचानको कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गदै यस किसिमको कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । कार्यक्रममा नेपाली समुदायको पहिचान झल्कने विभिन्न समुदायहरुको नृत्यहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा क्वीन्सबोरो पि्रसेडेन्टको कार्यालयले १० जना नेपाली समुदायको व्यक्तित्वहरु मध्येबाट छानेर ३ जनालाई सम्मान गरेका थिए । पुरुस्कृत हुनेहरुमा डा गोविन्द कोइराला, एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा र मिना कुमारी राई थिए । पुरस्कृत व्यक्तित्वहरुलाई क्वीन्सबोरो पि्रसेडेन्टको कार्यालय, मेयर कार्यालयको प्रतिनिधि र जिपि फाण्डेसनले संयुक्त रुपमा सम्मान गरेका थिए । उक्त कार्यक्रममा नेपाली समुदायका प्रनिधिहरुको साथमा न्युर्योक सिटिको सिनेटर जोन सि लिउको कार्यालयको प्रमुख तथा डेमोक्रेटिक डिष्ट्रिक लिडर डि जुनियर एन्ड्रुउज, बरिष्ठ वकिल नरेश एम गेहि, न्युयोर्क सिटिका सिनियर कम्युनिटि ल्याजन रोहन नरिइ, आइसिसिडि इन्टरफेथका अध्यक्ष एमडि आरसलाम, वल्ड योगा फेडरेसनका अध्यक्ष तथा सिइओ दिलिपकुमार तानकपान गुरुजी लगायतको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ३ : २० बजे