२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

टेक्सास गोलीकाण्ड : २० जनाको मृत्यु, २६ जना घाइते


१९ श्रावण २०७६, आइतबार  

0
Shares

अमेरिकाको टेक्सासमा एक जनाले जथाभावी गोली चलाउँदा २० जनाको मृत्यु भएको छ भने २६ जना घाइते छन्

इल पासो वालमार्ट नजिकै भएको घटनामा २१ वर्षेले एके-४७ बन्दुक चलाएको अमेरिकी प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनी प्रहरी नियन्त्रणमा छन् । ती युवा डल्लासको भएको खुलेको छ ।

आक्रमणको ६ मिनेटमा घटनास्थलमा प्रहरी पुगेका थिए । मृत्यु भएकाहरुको पहिचान भएको छैन । घटनामा परी मेक्सिकोका ३ नागरिकको ज्यान गएको बताइएको छ ।

टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डको पुष्टि गर्दै इतिहासकै सबैभन्दा भयानक दिन भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुख व्यक्त गर्दै निर्दोष मारिएकोमा निन्दा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : २७ बजे