दिनरात सधै व्यस्त देखिने न्युयोर्कको टाइम्सस्वायर । जहा विश्वभरिबाट आउने पर्यटकहरु रमाइलो हेर्न त्यहा हरेक दिन भेला हुने गर्छन । दिन र रात उतिकै व्यस्त यो स्थानमा सुक्रबार वेलुकी न्युयोर्कबासी नेपाली समुदायहरुको सहाभागीतामा नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसारको कार्यक्रम शुरु गरेको छ । ४० औ विश्व पर्यटन दिवसको अवसर पारेर कन्सुलेट जनरल अफ नेपाल न्युयोर्क, ट्राभल ब्यूरो अफ नेपाल र आदिवासी जनजाति महासंघले संयुक्त रूपमा प्रचार कार्यक्रमको आयोजना गरिएको थियो ।
बेलुकीपख करिब डेट घण्टा भएको कार्यक्रममा नेवारी सस्कृतिमा आधारित लाखे, कुमारी र मञ्जुश्रीको नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहाभागी नेपाली समुदायका प्रतिनिधिहरुले भिजिट नेपाल २०२० को टिसर्ट लगाएर हातमा नेपालको झण्डा बोकेर प्रचारप्रसार कार्यक्रममा भाग लिएका थिए । कार्यक्रम भइरहदा टाइम्सस्वायर घुम्न आएका पर्यटकहरुले नेपाली सस्कृतिमा आधारित नृत्यहरु हेरेका थिए ।
नेपाली सस्कृतिमा आधारित नृत्यहरुमा लाखे नृत्य ज्याक्सनहाइटस्थित एसएन ज्वेलर्सका सञ्चालक प्रेम गोपाल महर्जनले कुमारी नृत्य कविना मर्हजनले र मञ्जुश्री नृत्य सरिना मर्हजनले गरेका थिए भने नेपाली लोक नृत्य सन्जिता कोइरालाले गरेकी थिइन ।