अमेरिकासँग सम्झौताको औचित्य सकियो : उत्तर कोरिया

२०७६ मंसिर २३, सोमबार १२:४०

सोल : अमेरिकासँगको परमाणु सन्धिबारे वार्ता उत्तर कोरियाले रद्द गरेको छ । अमेरिका आफ्नो घरेलु राजनीतिक नीति बनाउन व्यस्त रहेको भन्दै उसले वार्ताको बहाना गरेको उत्तरले जनाएको छ ।

उत्तरका राजदूत किम सोङले अमेरिकासँगको लामो कुराकानी आवस्यक नरहेको प्रतिक्रिया दिए । साथै सम्झौताको औचित्य सकिएको उनको भनाइ छ ।

यससँगै उत्तर कोरियाले ‘महत्वपूर्ण परीक्षण’ गरिएको जनाएको छ । तर उक्त परीक्षणबारे विस्तृतमा जानकारी दिइएको छैन ।

उत्तरकोरियाको यस्तो गतिविधिलाई लिएर अमेरिकी डोनल्ड ट्रम्पले आश्चर्य व्यक्त गरेका छन् । उनले किमले दुश्मनी देखाए आफू आश्चर्यमा पर्ने भन्दै त्यस्तो हुन नसक्ने प्रतिक्रिया दिए ।

अमेरिकामा चुनाव हुन लागेकाले उत्तरकोरियाले यसमा दख्खल नदिने बताएका थिए । पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने, ‘किम जोङ उनसँग मेरो राम्रो सम्बन्ध छ । हामीले यथास्थिति कायम गर्नुपर्छ । हामीले भविष्य हेर्नुपर्छ ।’

सम्बन्धित समाचार