६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

आदीवासी जनजाती महासंघ अमेरिकाको अध्यक्षमा लोकचेम्जोङ निर्विरोध निर्वाचित


Ang

३० मंसिर २०७६, सोमबार  

0
Shares

आदिवासी जनजाती महासंघ अमेरिका ( FIPNA ) ७ औ अधिबेसनले लोक चेम्जोङको नेतृत्वमा नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । न्युयोर्कको उडसाइडस्थित सत्यनारायण मन्दिरमा सम्पन्न अधिबेसनमा बरिष्ठ उपाध्याक्षमा पदम गुरुङ, उपाध्याक्षमा गोम योन्जन, महासचिवमा नरेन्द्र थापा मगर , सचिवमा टोमा लामा, कोषाध्याक्षमा छोन्जम लामा , सहकोषाध्याक्षमा सुवर्ण शाक्य र सदस्यमा पेन्पा जेन्पा चयन भएका छन । निर्वाचित कार्यसमितिलाई निर्वाचन कमिटिले आइतबारनै सपथ दिलाएका थिए ।

त्यस्तै अधिबेसनले संघीय परिषदको सभामुखमा राजकुमार विष्ट, उपसभामुखमा सुर्य मर्हजन, संघिय सचिवलयको सदस्य सचिवमा छिरिङ राप्के लामा र सल्लाहकारमा मन कुमार राई चयन गरेका छन । दिउसो अधिबेसनपछि साझमा सम्पन्न बन्दसत्रमा महासचिव र कोषाध्याक्षको प्रतिवेदन पेश गरेका थिए । यस पटक फिप्नाको नेतृत्वका लागी फिप्नाको निवर्तमान बरिष्ठ उपाध्याक्ष राजकुमार विष्ट, पुर्व बरिष्ट उपाध्याक्ष मन कुमार राई र संघीय समाज अमेरिकाका महासचिव लोक चेम्जोङले उम्मेद्धवर दिएका थिए । तीनै जना वीच सहमति गरेर अन्तमा चेम्जोङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । अधिबेसनमा फिप्ना अन्र्तगतका सबै जातीय समुदायका सदस्यहरु प्रतिनिधित्व रहेको कार्यक्रमको उदघाटन संयुक्त राष्ट्रका लागी नेपालका स्थायी प्रतिनिधि अमृत राईको प्रमुख आथित्य तथा फिप्नाको अध्यक्ष मान रानामगरको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ९ : १४ बजे