एनआरएन अमेरिकाको आइतबार बसेको अकास्मिक बैठकले प्रबक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ललाई पदीय जिम्मेवारीबाट बहिर रहने गरि ४५ दिनको लागी निलम्वन गरेको छ । प्रबक्ता भट्टाराई र सल्लाहकार मल्ललाई फेसबुकबाट नक्काली आइडि बनाएर बिभिन्न व्यक्तिहरुलाई जथाभावी लेखेको आरोपसंगै उनीहरु विरुद्ध एनआरएन अमेरिकामा परेको उजुरिको आधारमा कार्यसमितिले यो निर्णय गरेको एनआरएन अमेरिकाले विज्ञाप्ती मार्फत जनाएको छ ।
प्रवक्ता र सल्लाहकार विरुद्ध एनआरएन अमेरिकाका आजीवन सदस्य तथा गत निर्वाचनका कोषाध्याक्ष प्रसन्न संग्रौलाले फेसबुक लाइभबाट जानकारी दिए लगतै आचारसंहिता विपरित कार्य गर्ने प्रबक्ता र सल्लाहकारलाई हटाइ पाउ भनी एनआरएन अमेरिकालाई निवेदन दिएका थिए । उनले दिएको निवेदनमाथि भएको छलफलको आधारमा कार्यसमितिको बैठकले छानवीन कमिटिको प्रतिवेदन नआएसम्मको लागी पदीय जिम्मेवारीबाट बहिर रहने गरि ४५ दिनको लागी प्रवक्ता भट्टराई र सल्लाहकार मल्ललाई निलम्वन गरेको जनाएको छ ।
विज्ञाप्तीका अनुसार बरिष्ठ उपाध्याक्ष डा अर्जुन बन्जाडेको संयोजकत्वमा बनेको छानवीन समितिमा कानुनी सल्लाहकार धन बस्नेत, सल्लाहकार सन्जय थापा, अमेरिकाज क्षेत्रिय संयोजकको सिफारिसमा एक जना र महिला संयोजकको सिफारिसमा एक जना गरि ५ सदस्यीय बनाएको छ ।