४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

कोरोना भाइरस : चीनमा मृतकको संख्या ४२६ पुग्यो, २० हजारभन्दा बढी संक्रमित



एजेन्सी— कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ ।

त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

सोमबारसाँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : ०७ बजे