न्युयोर्कस्थित ह्योल्मो सोसाइटी अफ अमेरिकाले ‘२१४७ औ चिवा’ ल्होसार विशेष कार्यक्रमका साथ मनाएको छ । नेपालका आदिबासी ह्योल्मो जातिले सताब्दीऔंदेखि सोनाम ल्होसार महान चाडको रुपमा मनाउदै आएका छन ।
ह्योल्मो समुदायले सोनम ल्होसारको पहिलो दिन आफनो घरको आागनमा धारचो तथा लुंदर चढाई कुल देवतालाई पुजा गरी ल्होसारको शुभारम्भ गर्ने गर्दछन् । ल्होसारको विशेष परिकारको रुपमा चिनिने गोलाकार चामलको रोटी बाबारले सजाईएको धेर्काको साथमा ठुलाबडाबाट आर्शिवाद थापेर ल्होसारको पहिलो दिन भव्यसाथ मनाएका छन् ।
अमेरिकाका अन्य स्थानहरुमा बसोबास गरिरहेका ह्योल्मो समुदायले विगतमा झै यस पटक पनि सोनाम ल्होसार आगमानको स्वागत गर्दै धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार ल्होसार मनाएका छन् । अमेरिकाबासी ह्योल्मो समुदायले ल्होसारको पहिलो दिन बिहान आआफनो घरमा पुजापाठ गरी अभिभावकबाट आर्शिवाद लिई धेर्का तथा मेलमको कार्यक्रम गरेका छन् । ह्योल्मो समुदायमा ल्होसार आगमानसंगै आफुभन्दा ठूलाहरु र मान्यजनको घरघरमा गएर भाग पुर्याएर आर्शिवाद थाप्ने, एकअर्काकोमा घरमा पालै पालो पार्टी गरेर ल्होसार शुरु भएदेखि पुर्णिमा सम्मै रमाइलोसग ल्होसार मनाउने चलन रहेको छ ।
यो परम्परासंगै नेपालमा ह्योल्मो गुम्बामा गरे झै अमेरिकामा आइपुगेका ह्योल्मो समुसदायको प्रतिनिधित्वमूलक संस्था ह्योल्मो सोसाईटी अफ अमेरिकाले ल्होसारमा संयुक्त पार्टी आयोजना गर्दै आएको छ । हरेक वर्ष आयोजना गर्दै आएको ल्होसार पार्टी यस पटक फेबररी १ तारिख लङ आईल्याण्डस्थित फाईव स्टार व्याङक्वेटमा आयोजना गरिएको थियो ।
विहानी करिब १० बजेबाट सुरु गरिएको सो पार्टीमा पुजापाठसंगै ह्योल्मो ल्होसारको मौलिक एवं सांस्कृतिक परिकार धेर्का खाएर सवै जना एक आपसमा हात गासेर श्याब्रु नृत्य गरेर मनोरञ्जन गरेका थिए । कार्यक्रमको अर्को चरणमा भने वेलुकीपख शुभकामना आदानप्रदान एवं औपाचारिक कार्यक्रम रहेको थियो । औपचारिक कार्यक्रमपछि विविध मनोरञ्जनात्मक कार्यक्रमका साथमा डिजे कार्यक्रम रहेको थियो । कार्यक्रममा उपस्थित सवै अतिथिहरुलाई समाजका उपाध्याक्ष ग्याल्बो ह्योल्मोले स्वागत मन्तव्य दिएका थिए ।
औपाचारिक कार्यक्रम ह्योल्मो सोसाईटी अफ अमेरिकाको अध्यक्ष कर्मा लामा दोङ्बा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख आतिथि नेपाली कन्सुलेट न्यूयोर्कका महाबाणिज्यदुत पुष्पाराज भट्टाराईले सोनाम ल्होसारको अवसरमा समस्त ल्होसार प्रेमीहरुमा शुभकामना ब्यतm गरेका थिए । कार्यक्रममा शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा, नेपाल ह्योल्मो समाज सेवा संघका संस्थापक अध्यक्ष एवं अमेरिकी ह्योल्मो समुदायका अग्रज कान्छा लामा ह्योल्मो, नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाका महासचिव नरेन्द्र थापामगर, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष एवं एभरेष्ट टाईम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा, ह्योल्मो सोसाईटी अफ अमेरिकाको ट्रष्टी बोर्डका संयोजक पेमा लामा ह्योल्मो, अधिकारकी नर्बदा क्षेत्री, ग्याल्सुदो समाज अमेरिकाकी अध्यक्ष निमा लामा, कर्मापा सेवा नोर्थ अमेरिकाका ठिन्ले दयाप्छाङ लगायतका अतिथिहरुका साथमा अमेरिकी ह्योल्मोहरु तथा अन्य ल्होसार प्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम दिकी वाङमो ह्योल्मो र ग्यामी लामा ह्योल्मोले संचालन गरेका थिए ।