१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जन सम्पर्क समिति अमेरिकाको अधिबेसन अप्रिलको ११ र १२ मा हुने


Ang

२५ माघ २०७६, शनिबार  

0
Shares

लामो समयदेखिन हुन नसकेको जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन आगामी अप्रिल महिनाको ११ र १२ तारिख हुने भएको छ । केन्द्रिय समितिको गत फेबररी ५ तारिख बसेको कन्फेरेन्स बैठकले अधिबेसनको मिति तोकिएको जनाएको छ । बैठकले केन्द्रिय अधिबेसन अघि मार्च महिनाको २८ र २९ तारिखका दिन सबै च्याप्टरहरुको अधिवेशन सम्पन्न गरिने भएको छ । समितिको सभापति तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न बैठकले केन्द्रीय अधिवेशनको मिति प्रस्ताव गरी पार्टीलाई जानकारी गराउने र पार्टी समक्ष केन्द्रीय पर्यवेक्षक र प्रतिनिधिका लागि अनुरोध गर्ने निर्णय समेत गरेको जनाएको छ ।

कांग्रेसको विधान अनुसार समितिले अधिवेशनको मिति प्रस्ताव गरी केन्द्रीय पर्यवेक्षक र प्रतिनिधि पठाई दिनका लागि जनसम्पर्क समितिले अनुरोध गर्नुपर्दछ । पार्टीको गत कार्तिक ५ को परिपत्र अनुसार ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गरिएको समितिले जनाएको छ ।

अधिवेशन सम्पन्न गर्न स्थानीय व्यवस्थापन समिति,निर्वाचन समिति,विधान मस्यौदा समिति,आर्थिक समिति,सदस्यता वितरण एवं छानबीन समिति र अनुगमन एवं परामर्श समितिलगायतका समितिहरु पनि गठन गर्ने निर्णय गरेको छ । समितिको ३४ सदस्यीय वर्तमान कार्य समितिको निम्न पदाधिकारी र सदस्यहरुको उपस्थिति बैठकमा उपस्थिति रहेको जनाएको छ ।
१ सभापति (आनन्द विष्ट
२ बरिष्ठ उपसभापति (धनन्जय नरसिंह केसी
३ उपसभापति (धर्म राज श्रेष्ठ
४ उपसभापति (भगवान मैनाली
५उपसभापति (चेत प्रसाद पौंडेल
६ उपसभापति (केशब बराल
७ महासचिव (मुनिन्द्र नेम्बाङ
८सचिव ( भोजराज थोकर
९सचिव ( ईश्वर सापकोटा
१० सदस्य (ज्ञानेन्ऽ राज कार्की
११सदस्य (सुवास लामा
१२सदस्य (लोक लामा
१३सदस्य (गोपाल बिश्वाकर्म
१४सदस्य (सुन्दर गुरुङ
१५सदस्य (गौतम दाहाल
१६ सदस्य (परमानन्द खनाल
१७ सदस्य (गोविन्द लम्साल
१८ सदस्य (पिताम्बर भुषाल
१९ सदस्य (रविन बस्नेत
२०सदस्य (सुभेन्द्र रानाभाट
२१सदस्य (पविता परिवार
२२सदस्य (मान्ती शाह
२३सदस्य (ओम भट्टराई
२४सदस्य (किलन राई
२५सदस्य (हरी शर्मा
बैठकमा उपस्थित भै आफनो मत राख्ने तर निर्णय प्रक्रियामा असहमति जनाउने सदस्यहरुमा सदस्यद्धाय विष्णु सुवेदी र प्रमोद सिटौला रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ११ : ०० बजे