– मच्छे गुरुङ
न्युुुुुुयोर्क- नेपाली महिला शर्मिला थापा मगरले अमेरिकास्थित माउन्ट डेनाली आरोहण गर्ने भएकी छन् । न्यूयोर्कको ज्याक्सनहाइटमा पत्रकार सम्मेलन गरी उनले आगमी मे ९ तारिखमा माउन्ट डेनाली आरोहण गर्ने जानकारी दिएकी हुन् । माउन्ट डेनाली आरोहणका लागि अनुमति पत्र समेत लिइसकेको शर्मिलाले बताइन् । शर्मिलासंगै देश विदेशका विभिन्न हिमाल ३५ पटक आरोहण गरेका इन्टरनेशनल माउन्टेन गाइड तुलसी गुरुङ जाने भएका छन । एकल महिलाले पनि चाहेको खण्डमा जुनसुकै काम गर्न पनि सफल हुन्छ भनेर एकल महिलाको आत्मविश्वास बढाउनको लागि पनि उनले माउन्ट डेनाली आरोहण गर्न लागेको जानकारी दिईन् ।
भिजिट नेपाल २०२० को अवसर पारेर गर्न लागेको माउन्ट डेनाली आरोहणले भ्रमण बर्ष २०२० प्रचार प्रसारमा सहयोग पुग्ने शर्मिलाको भनाइ छ । माउन्ट डेनालीमा नेपालको झन्डा र भिजिट नेपाल २०२० को झन्डा फहराउने शर्मिलाको योजना छ, । मेरो यो अभियानमा नेपाल सरकार, एनआरएनए र अमेरिकास्थित विभिन्न सङ्घ संस्थाका पदाधिकारी र नेपाली समुदाय सकारात्मक हुनुहुन्छ ।’
समिदा वुमन डेभलपमेन्ट फोरम नामक संस्था स्थापना गरी घरेलु हिंसा पीडित एकल महिलाका लागि काम गर्दै आएकी शर्मिलाले सन् २०१५ मा युएनडिपीले प्रदान गर्ने पिस अवार्ड प्राप्त गरी सकेकी छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कका उनले यो अवार्ड प्राप्त गरेकी थिइन् । यसअघि शर्मिलाले सन् २०१९ अपि्रल १० मा ६ हजार ५ सय ५१ मिटर अग्लो भर्जिन पिक माउन्ट ग्याल्जेन आरोहण गरेकी छन् ।