युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले प्रदेश नम्बर १ को नाम “किरात प्रदेश” राख्नु पर्ने माग गरेको छ । अर्गनाइजेसनको सभापती श्रीमती मुना राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली महावाणिज्य दुतावास न्युयोर्कमा पुगेर उक्त माग सहितको ज्ञापन पत्र महावाणिज्यदुत पुष्पराज भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए । सभापति राईले ज्ञापन पत्र सरकारी संयत्र मार्फत १ नं प्रदेश सभामा पुर्याई दिनु अनुरोध गर्नु समेत गरेकी थिए । महावाणिज्यदुत भट्टराईले नेपाल सरकारको सम्बन्धित निकायमा पठाउने प्रतिवद्दता व्यक्त गरेका थिए ।
ज्ञापन पत्र अर्गनाइजेसनका मिडिया कोअर्डिनेटर सुरेश चाम्लिङ्गले वाचन गरेका थिए । पत्रको बोधार्थ प्रधानमन्त्रि केपी ओली र १ नं प्रदेश का मुख्य मंत्री शेर धन राईको नाममा समेत पठाएको जनाएको छ । उक्त प्रतिनिधी मण्डलमा अर्गनाइजेसनका संस्थापक सभापती शिब कुमार राई,पुर्व केन्द्रीय सभापति मिलन राई,न्युयोर्क लोकल च्याप्टर सभापति केशब राम राई,कोषाध्यक्ष गणेश राई,बिओडि सुख राज राई ,लोकल च्याप्टर सदस्य हरु,बिबेक राई, तारा राई र अग्नि साङ्गपाङ्ग थिए भने न्युइंग्ल्याण्ड लोकल च्याप्टर महासचिव शेखर राई र भिम राई समेतको उपस्थिति थियो ।
अर्गनाइजेसन अमेरिकाको कानुन अनुसार दर्ता भएर ११ वटा राज्यमा च्याप्टर भएको संस्थाको रुपमा चिनिएको छ । यो सस्थाले नेपालमा भै परी आएको समयमा मानव सेवा लगायतका कार्यहरु गर्दै आएको छ भने नेपालमा संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशको नामाकरण हुदै गर्दा पुर्वमा रहेको १४ जिल्ला हालको प्रदेश न १ लाई किरात प्रदेश नामाकरण गरिनु पर्छ माग गदै आएको छ ।
किरात समुदायले इतिहासको काल खण्डमा आˆनो विशिस्ट भाषा,संस्कार संस्कृति सभ्यता स्थापित गरी राज्यलाई नै सम्वि्रद्द बनाएकोले पनि करात प्रदेश हुनु भूगोल, इतिहास र सभ्यताको सम्मान हो भनिएको छ नेपालको इतिहासमा अस्तित्वमा रहेको वल्लो किरात, माझ किरात र पल्लो किरात भूगोलको एकीकृत स्वरुप नै हाल को १-न प्रदेश भएकोले सो प्रदेशको नामकरण “किरात प्रदेश” होस् भन्ने माग गरिएको जनाएको छ ।