अधिकृत टुक्ती शेर्पाको ‘ ल्याङ ल्याङ नगर’ सार्वजनिक

२०७६ फाल्गुन १९, सोमबार ०२:३०

निजामति सेवामा कार्यरत अधिकृत टुक्ती शेर्पाको श्वर रहेको गीतको म्युजिक भिडियो न्युयोर्कमा विमोचन गरियो । अधिकृत शेर्पा सोलुखुम्बु जिल्लाका पुर्व सहायक प्रमुख जिल्ला अधिकारी तथा हाल अध्यगमनका अधिकृत हुन । उनको म्युजिक भिडियो शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होसारको अवसर पारेर शेर्पा संघ अमेरिकाद्धारा न्युयोर्कमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा विमोचन गरेको हो ।

‘ल्याङ ल्याङ नगर’ बोलको गीतको म्युजिक भिडियो नेपाली कन्सुलेटका बाणिज्यदुत गणेशप्रसाद अधिकारीले विमोचन गरे लगतै युट्युवबाट सार्वजनिक गरिएको छ । महेश ज्ञवालीको शव्द, संगीत र शैलेन्द्र प्रधान (बाबु)को संगीत संयोजन रहेको भिडियो पत्रकार ल्हाक्पा शेर्पा भिजेको निर्देशन र सुरज राइको सहायक निर्देशन रहेको छ । अमेरिका र नेपालमा छायांकन गरिएको गीतको भिडियोमा नवीन के श्रेष्ठ र पासाङ लामाको छायाकन रहेको छ । टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको भिडियोमा छोग्याल शेर्पा, मिङङ्मा शेर्पाको मुख्य अभिनय रहेको छ भने साथमा आङ् ग्याल्जेन शेर्पा, वसन्ती राई, डोमा शेर्पा र काजी शेर्पा लगायतको अभिनय रहेको छ ।

सम्बन्धित समाचार