१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अमेरिकामा भइरहेको विभेदको विरोध आन्दोलनमा नेपाली समुदायद्धारा ऐक्यबद्धता


Ang

२६ जेष्ठ २०७७, सोमबार  

0
Shares

अमेरिकामा अल्पमत समुदाय, अस्वेत माथि लामो समयदेखिन हुदै आएको दमन र अत्याचारको विरोधमा नेपाली समुदायले पनि ऐक्यवद्धता जनाएका छन । सन १७७६ मा अमेरिका स्वतन्त्र भएको दिनदेखिनै विभिन्न किसिमको वर्गीय बिभेदहरुको बिजारोपण भएको थियो । अमेरिकामा अस्वेत तथा दविएका अन्य अल्पमत समुदायहरुले बिभिन्न कालखण्डमा बिभिन्न किसिमको न्यायिक आन्दोलनहरु गरेपनि संस्थागत रुपमा बिभेदको अन्त्य हुन सकेका छैन ।

मिनियापोलिसमा हालै घटेको घटनाले त्यही ईतिहासको पुनरावृत्ति भएको छ । मिनापोलिसमा एकजना अस्वेत नागरिक जोर्ज फोलोइडलाई प्रहरीद्वारा ८ मिनेट ४६ सेकेन्ड घुडाले घाटी थिचेर हत्या गरिएको घटनाले गम्भिर रुप लिएको छ । त्यही घटना लगतै निरन्तर रुपमा अमेरिकाभरि रंगभेद बिरोधी न्यायिक आन्दोलनको चर्किरहेको छ ।

अमेरिकामा अस्वेतसंगै विभिन्न मुलुकबाट आएका अप्रावसीहरु पनि वेला बेलामा राज्यको विभेदको सिकार हुनु परेको स्मरण गदै यो रंगभेद बिरुध्दको शान्तिपूर्ण न्यायिक अभियानमा नेपाली समुदायले ऐक्यबद्धृता जनाएका छन । नेपाली समुदायको तर्फबाट विभिन्न सस्थाका प्रतिनिधिहरु गत आईतबार, जुन ७ तारिख दिउसो ३ बजे ज्याक्सन हाईट्सको डाइभर्सिटि प्लाजामा भेला भएर शान्तिपुर्ण आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । ऐक्वद्धताका साथ भेला भएका नेपाली प्रतिनिधिहरुले अमेरिकामा अस्वेतमाथि गरिएको दमनको विरोध र नेपालमा दलितमाथि भएको अन्यायको एकै श्वरमा विरोध गरेका थिए । ‘ अस्वेत जीवनको माने हुन्छ र दलित जीवनको माने हुन्छ सम्पूर्ण अल्पमत आप्रवासीहरु रंगभेद बिरोधि न्यायिक अभियानमा एक होऔं ‘ भन्ने नाराका साथ उनीहरु हातमा प्लेकार्ड बोकेर शान्तिपुर्ण विरोधमा भेला भएका थिए ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ११ : १६ बजे