१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

डा दाहालको पूस्तक ‘द अनफिनिस सेल्फ’ विमोचन




नर्थक्यारोलिना आरटिपिबासी डा. शालिक दाहालले आफनो जीवन यात्रा क्रममा प्राप्त उपलब्धिहरुसंगै हासिल गरेका अनुभवहरुको संगालो ‘द अनफिनिस सेल्फ’ पुस्तक शनिबार विमोचन गरिएको छ । बायोफरमेसिटिकल बैज्ञानिकको रुपमा कार्यरत डा. दाहालले आफनो सफलतासंगै बाल्यकालदेखिन जीवनको विभिन्न पक्षहरुलाई नजिकबाट केलाउदै पुस्तकको रुपमा सार्वजनिक गरेका छन ।

दुइ सन्तानका पिता दाहालले आफना कान्छी छोरी इभाको जन्मदिनको अवसर पारेर शनिबार आफुले लेखेको पुस्तक विमोचन गरेका छन । ‘ आफु बैज्ञानिक भएपनि जीवनमा ९० प्रतिशत अरु भुमिकामा खोताल्न सकेन की भन्ने मनमा ऊब्जिरहेको थियो । त्यही खोतल्ने क्रममा बोल्दै र लेख्ने त्रममा पुस्तक लेख्नमा जुटेको हु ‘। उनले भने-‘ लेखनमा छुट्टै आनन्द आउन थालेपछि पुर्नलेखन गदै जाने क्रममा बाल्यकालदेखिन अहिलेसम्मको कुराहरुलाई छोएर पुस्तक प्रकाशन गरेको हो । अब थप अरु पुस्तकहरु समेत लेख्नमा हौसल्ला मिलेको छ’ ।

पुस्तक विमोचनमा पुस्तकको समिक्षा गदै गोविन्द कोइरालाले पुस्तक पढीसकेपछि अधिकांसको जीवन यर्थातालाई छर्लाङग पारेको अनुभव सुनाए । पुस्तक रियाल्टर डा युवराज काडेलले विमोचन गरेका थिए । कार्यक्रममा एनसिएनसिका निर्वतमान अध्यक्ष आरपि पौडेल, एनआरएन नर्थक्यारोलिना च्याप्टरको महासचिव मोहन न्यौपाने रियाल्टर डा कडेल र पत्रकार आङछिरिङ शेर्पाले लेखक दाहाललाई बधाई दिदै आगामी लेखन यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ५ : ०० बजे