आङछिरिङ शेर्पा
अमेरिकी मुलधारको राजनितिमा लाग्दै आएका नेपाली मुलका एचवि भण्डारी ( हृयारी भण्डारी) अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रीक्ट ८ बाट राज्य बिधान सभा सदस्यको लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा निर्वाचित भएका छन । यसका साथै भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्यको केन्द्रीय सदस्यमा धेरै मत ल्याएर निर्वाचित भएका छन । विधान सभा सदस्यका लागी ३ जना निर्वाचति हुनेमा उनी दोश्रो बढि मत ल्याएका छन । उनले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा ५ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए भने मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिको सदस्य पदमा ५ हजार ७ सय ६५ मत प्राप्त गरी बिजयी भएका हुन । स्टेट डेलिगेटसको निर्वाचनमा १६ बर्षदेखिन विधान सभा सदस्य रहेका एरिक ब्रामर भन्द केही मतको अन्तरले भण्डारी दोश्रो भएका छन ।
यतिखेर म्यारिल्याण्डको डेमोक्रेट पाटी वृतमा भण्डारीको निकै चर्चा भइरहेको छ । अमेरिकी मुलधारको राजनितिमा संभवत अहिलेसम्म नेपालीहरु जान नसकेको बेला भण्डारीले पाएको यो सफलताले अमेरिकी नेपाली समुदायलाई पनि गौरन्वीत तुल्याएको छ । ‘ ८० प्रतिशत गोराहरु रहेको मेरो निर्वाचन क्षेत्रमा हामीले यो सफलता हासिल गर्न पाउदै गर्दा ४२ हजार भन्द बढि डेमोक्रेट पाटीका मतदाताहरुप्रति हार्दिक कृतज्ञाता प्रकट गर्दछु ‘ भण्डारीले निर्वाचन जितेपछि एभरेष्टटाइम्सलाई भने ‘ मेरो यो जितसंगै हामीमा आत्माविश्वास, सर्मपण र कल्पना शक्ति भयो भने हामीले उत्तर अमेरिकी नेपाली डाइस्पोरालाई अब नया दिसाबोधा गराउन सकिने देखियो ‘
यो निर्वाचनपछि आगामी नोभेम्बर ६ मा हुन लागेको मध्यवति निर्वाचनमा भण्डारी र अन्य दुई डेमोक्रेट सदस्यहरुले रिपब्लिकन पार्टीका उम्मेद्वारसंग स्टेट डेलेगेटका लागि प्रतिष्पर्धा गर्ने छन । अमेरिकामा पार्टीगत रुपमा राज्यस्तरको बिधान सभा सदस्यको प्राइमरी चुनाब र पार्टीको राज्यको केन्द्रीय समितिमा निर्वाचित हुने हृयारी भण्डारी नेपाली मूलका पहिलो हुन । नेपालको पर्बत जिल्लाबाट डेढ दशक अघि अमेरिका आएका हृयारी भण्डारी मेरील्याण्डको बाल्टीमोरमा बस्दै आएका छन । नेपालबाट आएको केही वर्षपछि उनी शिक्षण पेशामा लागेका थिए । लामो समय बाल्टिमोर सिटि कम्युनिटि कलेजमा शिक्षकको रुपमा कार्य गदै आएका भण्डरीले नया पुस्तालाई मुलधारको राजनितिमा समाहित गराउनकै लागी ‘टिचर फर डेलिगेटस’ नाराका साथ राजनितिमा होमिएका थिए ।
एक छोरा र एक छोरिका पिता भण्डारीको निर्वाचनका अभियानलाई सघाउन भर्जिनिया, डिसि र न्युयोर्क लगायतका विभिन्न राज्यमा रहेका नेपालीहरुले पनि सहयोग गरेका थिए । यो सफलतासंगै आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा पनि सहयोग गर्न भण्डारीले सवै नेपाली समुदायसंग आग्रह गरेको छ ।
‘ अमेरिकामा हाम्रो नेपाली डाइस्पोराको खासै इतिहास छैन तैपनि अबको डाइस्पोरालाई अगाडी बडाउनका लागी हामीले इतिहास बनाउनु छ त्यसमा तपाईहरु सवैको सहयोगको आशा गरेका छौ’ । भण्डारी सन २००८ मा भएको राष्ट्रपतिको निर्वाचतमा बाराक ओबामाको सहयोगी अभियानबाटै अमेरिकी राजनितिमा लागेका हुन । त्यतिखेर उनले सुपर भोलेन्टरकै रुपमा निकै मेहनेत गरेका थिए । त्यही निरन्तर प्रकि्रयाबाट उनले यो अवसर पाएको हो ।
यस पटकको निर्वाचनकै लागी भण्डारीले डेट वर्ष घर घरमा भोट माग्नका लागी धाएका थिए । कोही भेटेन भने पनि चिट्टी लेखेर राखेर सम्पर्क गदै भोट माग्नमा लागेका थिए । नेपाली लगायत अरु देशका स्वयमसेवकहरु सहित उनी ६ हजार घरहरुमा भोट माग्न पुगेका थिए । ‘अमेरिकी भुमिका एक दशकको राजनिति यात्रा जति कठिन भएपनि अबको पुस्ता र नेपाली अमेरिकनको पहिचानको लागी राम्रो अनुभव लिइरहेका छौ’ उनले बताए ।
यस पटकको निर्वाचनमा भण्डारीलाई अमेरिकाको बाल्टिमोरस्थित ‘द बाल्टिमोर सन’ नामक पत्रिका, बाल्टिमोर टिचर युनियन, अमेरिकाभरिकै टिचर युनियन, स्थानीय नेताहरु सिनेटर र मेरिल्याण्डको स्पीकरको कार्यालयबाट सहयोग र सर्मथन पाएका थिए । सन २०१३ देखि योङ डेमोक्रेटस अफ अमेरिकाका माइनोरिटी ककसको राष्ट्रिय महासचिवको रुपमा कार्य गदै आएका भण्डारी हालै मेरिल्याण्डबाट अमेरिकन शिक्षकहरुको महासंघको प्रतिनिधिमा पनि निर्वाचित भएका छन ।