७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

एनआरएनए उत्तर अमेरिकी संयोजक जोशि सम्मानीत


Ang

१६ श्रावण २०७५, बुधबार  

0
Shares

लण्डन – गैरआवासीय नेपाली संघ अमेरिका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् । वेलायतबाट संचालित नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्वसको अवसर पारेर उनलाई सो अवार्ड घोषणा गरिएको हो । जोशीलाई गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय वैठकको अवसर पारेर संघका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रुपमा सो अवार्डबाट सम्मान गरियो । नेपालब्रिटेन डट कमले वेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली मध्यवाट जोशीलाई चयन गरेको थियो ।

जोशीलाई सम्मान गर्दै संरक्षक जीवा लामिछानेले जोशीलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको वताए । उनले भने ‘गौरीजीको पौरख मेरो आखाँले देखेको छु नेपालब्रिटेन डट कमले जोशीलाई सो अवार्डबाट सम्मान गर्ने गरेको निर्णय साच्चिकै राम्रो हो’ । जोशी चितवनमा रहेको पुख्र्यौली जग्गा बेचेर उनी २१ वर्ष अघि पढाईको लागि अमेरिका पुगेका थिए । उनले सन् २००० मा टेक्सासको डालास युनिभरसीटीबाट इन्फरमेसन टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् ।

आईटी क्षेत्रमा लोकप्रिय कम्पनी ए टी एन्ड टीमा जागिर सुरु गरेका जोशीले सनु २००७ मा व्यवसायीक गोरेटो तय गर्न सफल भएर भास्टिका नाम आईटी कम्पनी खोलेर विश्व आइटी बजारमा व्यवसाय सुरु गरेका थिए , अहिले भास्टिकाका करिव ५ हजार उत्पादनहरु बजारमा स्थापित छन्। अमेरिकन, युरोपियन, वंगलादेशी, अफ्रिकन, वंगलादेशी, श्रीलंकाली मात्र होइन अष्टेलियाका नागरिकहरुलाई उनले काम दिएका छन् । उनका उत्पादनहरु अहिले एटी एन्ड टी, सिटी बैंक , अमेरिकन एयरलाइन देखी वल्र्ड वैक सम्म पुगेका छन्।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार  १ : ४२ बजे