युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरले किरात समुदायको पर्व उधौलिको अवसरमा न्युहेम्सायरको म्यानचेस्टरमा यलम्बर साझ मनाएको छ । नेपाली र अमेरिकाको राष्ट्रीय गीतसंगै शुरु भएको कार्यक्रम दुइ चरणमा भएको थियो । किरातराईहरुको उधौली चाड र यलेदोङ्ग वर्ष-५०७८ को उपलक्षमा बिभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए । दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रमबाट दर्शकहरुलाई मनोरंजन दिलाएका थिए ।
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको केन्दि्रय सभापति तथा प्रमुख अतिथि बिष्णु राईले कार्यक्रमको उद्घाटन गदै उधौली र यलम्बर साझ अमेरिकामा पहिलो गरिएको बताउदै आगामी वर्षहरुमा यो कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए । न्यू ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले कार्य ब्यस्तताको बावजुद पनि संस्थाको निम्तो स्वीकार गरि उपस्थित हुने सबैलाई धन्यवादन दिएका थिए । उक्त कार्यक्रममा बिशेष अतिथि स्थानीय न्युहेम्प्शायर राज्यमा लगातार २० वर्ष देखि सिनेटर रहदै आएका टाइगर सिनेटर डिअलेसेन्द्रोले शुभ कामना दिएका थिए । त्यस्तै अर्का सिनेटर आन्नी कुष्टरको शुभकामना संदेश प्रबिना राइले वाचन गरेका थिए । न्युहेम्प्शायर राज्यको पुर्व गभर्नर तथा यु एस सिनेटर जिन शाहीनको तर्फबाट प्रतिनिधित्व गर्दै आएका आर्य थापा उपस्थित भएका थिए । त्यसैगरि स्थानीय स्टेट सिनेटर तथा सिनेट म्याजोरिटि लिडर डान फेल्ट्सको शुभकामना सन्देश अन्तररास्टि्रय नेपाली साहित्य समाजका कृष्ण गिरीले वाचन गरेका थिए । स्थानीय स्टेट सिनेटर एण्डक्रिस्टरले पनि शुभ कामना सन्देश पठाएका थिए ।
कार्यक्रममा गुरूङ्ग समाज न्यू हृयाम्पसायर, न्यू हृयाम्पसायर नेपाली कम्युनिटी, एन.आर.एन.ए. न्यू हृयाम्पसायर तथा म्यासेचुसेट् च्याप्टरहरू,अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू हृयाम्पसायर, तमु समाज अफ बोस्टन, बुद्ध समाज न्यू हृयाम्पसायर, मगर समाज बोस्टन, जि.बी.एन.सी बोस्टन, पशुपति बुद्ध फाउण्डेसन, एभरेष्ट लायन्स् क्लव न्यू हृयाम्पसायर, बोस्टन तमु समाज, थकाली समाज बोस्टन, जात्रा नेपाल बोस्टन, जन सम्पर्क समिती न्यू हृयम्पसायर, लायन्स् क्लव म्यासेचुसेट्, एन.डब्लु.जि.एन.न्यू ईङ्गलैण्ड लगायतका संस्थाहरूको उपस्थिति रहेका थिए । कार्यक्रममा कनेक्टिकट ,मेरील्याण्ड, न्यूयोर्क समेतबाट कलाकारहरु आएका थिए । पहिलो चरणको कार्यक्रमको संचालन सस्थाका सचिव शेखर राई र प्रबिना राईले गरेका थिए भने दोश्रो चरणको कार्यक्रमको संयोजन तथा संचालन संस्थाका सल्लाहकार धौलवीर राईले गरेका थिए । म नेपाल कि छोरी भन्ने गीतको नृत्यबाट माया राईले कार्यक्रम शुरु गरेका थिए । कार्यक्रममा साकेला नृत्य, कौडा नृत्य लगायत बासुरीको धुन बिनायो धुन र अन्य गीतहरुले मनोरंजन दिलाएको थियो ।