शेर्पा समुदायको महान चाड ल्होसारको अवसरमा शेर्पा किदुगले विविध कार्यक्रमको साथ म्यानहृटनमा ल्होसार कार्यक्रमको आयोजना गरियो । नेपाली महाबाणिज्यदुताबासका नायव महाबाणिज्यदुत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्यूयोर्क सिटिका एसेम्बली मेम्बर केटालिना क्रुज, मेयर कार्यालयका प्रतिनिधि निक गुलोता, धर्म गुरुहरु डा युला शेर्पा, अवतारी लामा टुल्कु र लोपेन गिर्मि छोढकको साथै आदीबासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष मान राणामगर लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति थिए । नेपाल र अमेरिकाको राष्ट्रिय गानाबाट शुरु भएको कार्यक्रममा शेर्पा मौलिक कला सस्कृति पस्कनुको साथै नेपाली समाजमा महत्वपुर्ण कार्य गर्नेलाई सम्मान गरेका थिए ।
किदुगले यस पटक साहित्यकार तथा समाजसेवी पद्मा लिंखा मगरलाई अमेरिकन नेपाली हिरो पुरस्कारद्धारा सम्मानीत गरियो । कवि, गीतकार एवं समाजसेवि मगरले नेपालको भाषा र साहित्यको हितसंगै दुर्गम रुकुमको झुम्लावाङको शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुर्याएकी थिइन । त्यस्तै पछिल्लो समय साहित्यकार पदमाले अमेरिकामा जन्मेको बालबालिकाहरुको लागी नेपाली भाषा स्कुल सञ्चालन गरि प्रवासी नेपाली समुदायमा थप महत्वपुर्ण योगदान पुर्याउदै आएकी छिन । त्यस्तै शेर्पा कल्चर सेन्टरको संयोजक कल्साङ छोपेलले पनि शेर्पा समाजमा धर्म र सस्कृतिको हितमा १२ बर्ष निरन्तर रुपमा योगदान पुर्याए वापत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रबक्ता पेम्बा गेलु शेर्पाले उपस्थित सवैलाई स्वागत मन्तब्यले स्वागत गरेका थिए भने अध्यक्ष उर्गेन शेर्पाले सवैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा किदुगले ङमिा शेर्पा , कान्छी शेर्पा र बालबलिकाहरुमा छिरिङ ड्याना शेर्पालाई पनि सम्मान गरियो । त्यस्तै बर्षभरिमा उत्कृष्ठ स्वयम सेवक रुपमा क्रियासिल दावा शेर्पा, निमी शेर्पा, ल्हाक्पा रिन्जी शेर्पा, सेकी शेर्पा, बिमला शेर्पा र टाशी शेर्पालाई समेत सम्मान गरिएको थियो । कार्यक्रम किदुगका महासचिब तेन्डी शेर्पाले सञ्चालन गरेका थिए । दोश्रो चरणको साास्कृतिक कार्यक्रममा शेर्पा लोक गायक देण्डी शेर्पाको शेर्पा लोक गीत तथा नृत्यको साथमा शेर्वी डाम्यङ छोक्पा र स्यामा शेर्पा समुहले मौलिक शेर्पा गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।