७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

सत्यनारायण मन्दिरमा प्रसाको नाममा बुद्धको मूर्ति


Ang

१९ फाल्गुन २०७५, आइतबार  

0
Shares

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी प्रकाश तुलाधारले छोरी प्रशा तुलाधरको सम्झनामा गौतम बुद्धको मूर्ति स्थापना गरेको हो । तुलाधारले गत फेब्रुअरी १८ का दिन न्युयोर्कको उडसाइड ७५-१५ स्थित स्ात्यनारायण मन्दिर परिसरमा गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ । प्रशा तुलाधारको यही फेबु्रअरी ७ मा निधन भएको थियो । उहाको तीन वर्षअघि फोक्सो प्रत्यारोपण गरिएको थियो ।

सन् २०१६ मा फोक्सो प्रत्यारोपण गरिएपछि प्रशा तुलाधर आफूजस्तै बिरामीहरुको उपचारका लागि अंगदान अभियानमा खटिएकी थिइन । यस अभियानमा उहाकी पति दीपकले सहयोग गरेका थिए । अंगदान र छालासम्बन्धी रोग स्क्येरेडोमाका बारेमा जनचेतना फैलाउने क्रममा प्रशा तुलाधर सन् २०१८ मा न्युयोर्क राज्यका सांसदहरुलाई भेट्न पतिका साथ बासिङ्टनस्थित क्यापिटल हिल पुगेका थिए ।

सत्यनारायणको मन्दिर परिसरमा एक समारोहको आयोजना गरी मन्दिरका पण्डित हेमन्त रमियानाले गौतम बुद्धको मूर्ति स्थापना गरेका थिए । उनले मन्त्रोच्चारण तथा पाठपूजा गरी मूर्ति स्थापना गरेपछि उपस्थिति भक्तजनहरुलाई धन्यवाद दिएका थिए । पण्डित रमियानाले यस्तो पुण्य कार्यमा लागि रहन सबैलाई प्रेरणा मिलिरहोस् भन्दै तुलाधार परिवारले पुण्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा दिवंगत प्रशाको आत्माको चिरशान्तिको कामनाको कामना गर्दै मौनधारण गरिएको थियो ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ७ : ५० बजे